मुलुकको समृद्धिका लागि जनजातिले देशको नेतृत्व गर्न आवश्यक छः मन्त्री जुग्जाली
पाेखरा | फागुन १५, २०७९
पोखरा: गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम बहादर जुग्जाली मगरले जनजातिले नेतृत्व गरेको क्षेत्र सफल भएको भन्दै मुलुकको नेतृत्व जनजातिले गर्न आवश्यक रहेको बताएका छन् ।
नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा नेपाल मगर संघ कास्कीले आयोजना गरेको मगर एकता दिवसलाई सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले मुलुकको समृद्धिका लागि जनजातिले देशको नेतृत्व गर्न आवश्यक देखिएको उल्लेख गरे । ‘देशको महत्वपूर्ण क्षेत्रमा जनजातिले नेतृत्व गर्न आवश्यक छ, जनजातिले नेतृत्व गरेको क्षेत्रमा सफलता मिलेको छ, मन्त्री जुग्जालीले भने, ‘कुलमान घिसिङले उर्जामा सफलता दिलाए, महावीर पुनले बन्द अवस्थामा रहेको आविष्कार केन्द्र सञ्चालनमा ल्याए । त्यसैले यो एक सफलताको उदाहरण हो ।’
पर्यटनमन्त्री जुग्जाली मगरले जनजातिले नेतृत्व गरेको क्षेत्रमा सफलता पाएको भन्दै अब देशको कार्यकारी पदमा जनजातिले नेतृत्व गर्न अधिकार खोज्नै पर्नेमा जोड दिए ।
उनले फरक प्रसंगमा बोल्दै पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्न पोखराको मात्र नभएर गण्डकी प्रदेशका ग्रामीण क्षेत्रमा रहेका पर्यकीय क्षेत्रको प्रचार र पूर्वाधार विकास गर्न आवश्यक रहेको बताए ।
‘पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आयो, अहिले फोटो खिच्ने र टिकटक बनाउने भन्दा अरु भएन, उनले भने, ‘अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न पोखराको मात्र नभएर गण्डकी प्रदेशका सबै जिल्लाको पर्यटकीय क्षेत्रको विकास गर्न सके मात्र विमानस्थल सञ्चालन गर्न सहज हुनेछ ।’
उनले मगर जातिले विदेशी मोह त्यागेर निजामती क्षेत्रमा प्रवेश गर्न आवश्यक रहेको बताए । ‘मगर तथा जनजाति समुदायहरु विदेशी मोहमा बढी क्रियाशिल छन्, यसलाई रोक्न जनजाति समुदायले निजामती सेवा प्रवेशका लागि लोकसेवाका कक्षा सञ्चालन गर्न आवश्यक छ, तब मात्र जनजाति समुदायको केही हदसम्म विकास र उत्थान हुन्छ ।’

यस्तै कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले मगर तथा जनजाति समुदायले देश र जनताका लागि महत्वपूर्ण योगदान दिएको धारणा राखे ।
‘मुलकु जोगाउन र बनाउन मगर तथा जनजाति समुदायको महत्वपूर्ण योगदान छ, केसीले भने, ‘देश र जनताका लागि केही गर्नुपर्छ भनेर इतिहास कालदेखि हरेक क्षेत्रमा जनजाति समुदायको योगदान रहेको छ ।’
नेपाल मगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष तारा थापा मगरले मगर जातिको भाषा संस्कृतिलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने तर्क राखिन् ।
यसैगरी तमु धिं नेपाल कास्कीका अध्यक्ष हुम बहादुर गुरुङले राज्यको कार्यकारी क्षेत्रमा रहेर काम गर्न जनजाति समुदाय एकजुट हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका महासचिव सुजन लामा, नेपाल मगर विद्यार्थी संघका सल्लाहकार बालकृष्ण काउछा मगर लगायतले बोलेका थिए ।
नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा पोखराको चिप्लेढुङ्गाबाट सुरु भई झाँकी तथा ¥याली महेन्द्रपुल, नयाँबजार, लखनचोक हुँदै पोखरा रंगशालास्थित मगर संघ कास्कीको सभाहलमा गएर कोण सभामा परिणत भएको थियो ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

