कास्कीमा पछिल्लो ६ महिनामामात्रै ७४ आत्महत्या ! ‘बिपीएस’ मुख्य कारण

कास्की | फागुन १६, २०७९

कास्कीमा पछिल्लो ६ महिनामामात्रै ७४ आत्महत्या ! ‘बिपीएस’ मुख्य कारण

कास्कीमा पछिल्लो समय आत्महत्या गर्नेहरुको संख्या ह्वात्तै बढेको पाइएको छ । 

 

जिल्ला प्रहरी कार्यालय कास्कीको तथ्यांकलाई आधार मान्ने हो भने यहाँ पछिल्लो ६ महिनामा ७४ जनाले मृत्यु रोजेका छन् । 

 

जसमध्ये सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्नेको संख्या ६४ रहेको छ । त्यस्तै, हामफालेर ६ जनाले आत्महत्या गरेका छन् । 

 

प्रहरीको सूचनाअनुसार बाँकी ४ जनाले विष सेवन गरेको पाइएको छ । आत्महत्या बढ्नुका विविध कारण रहेको मनोचिकित्सक बताउँछन् । 

 

यसपछि पनि पाेखराकाे मालेपाटन र गैह्रापाटनमा १–१ जनाले आत्महत्या गरिसकेका छन् । 

 

बिजी हस्पिटल एण्ड रिसर्च सेन्टरका वरिष्ठ मनोचिकित्सक निर्मल लामिछानेका अनुसार आत्महत्याका कारण विभिन्न हुन्छन् । लामिछाने भन्छन् ‘कोभिडपछि नेपाली समाज केही विचलित भएको छ, त्यसयता आत्महत्या र मानसिक बिरामी बढेका छन् ।’

 

यद्यपि, मानिसले मृत्यु रोज्नुमा कुनै एकमात्र कारण हुन नसक्ने उनको ठम्याई छ । ‘मुलतः बिपीएस (बायो–साइको–सोसियल) आत्महत्याको कारक बन्न सक्छ’ लामिछानेले भने ‘यससँगै बेरोजगारी, आर्थिकरुपमा सम्पन्न हुन नसक्दाको पीडालगायतले आत्महत्या निम्त्याउँदैछ ।’

 

उनले बिपीएसलाई कुनैपनि व्यक्तिको पारिवारिक, मानसिक र सामाजिक अवस्था भनि व्याख्या गरेका छन् । 

 

कतिपय आत्महत्याको पछाडि बिपिएस नै मुख्य कारण रहेको र मेडिकल साइन्समा पनि पुष्टि भएको उनले बताए । 

 

लामिछाने भन्छन्, ‘पोखरामै आत्महत्या गरेका व्यक्तिको हिस्ट्री केलाउँदा पनि यिनै कारणहरु बढी पाइन्छन्’ त्यस्तै, समयमै मनोचिकित्सकबाट काउन्सिलिङ् लिनसके आत्महत्या रोक्न सकिने उनको धारणा छ । 
 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्