प्रदेशमा हामी सत्तापक्ष हौं, सम्भावनाका सबै ढोका खुल्ला छन्ः मन्त्री थापा

पाेखरा | फागुन १७, २०७९

प्रदेशमा हामी सत्तापक्ष हौं, सम्भावनाका सबै ढोका खुल्ला छन्ः मन्त्री थापा फाइल तस्विर

गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहा थापाले नेकपा एमाले सत्तापक्ष नै भएको प्रतिक्रिया दिएका छन् । 

 

एमाले मन्त्रीहरुले संघ सरकारबाट सामुहिक राजीनामा दिएपछि पुस १० गते नेकपा (माओवादी केन्द्र)सँग भएको सम्झौता टुटेको छ । यसै प्रसंगमा मन्त्री थापाले संघमा जे भएपनि गण्डकीमा एमाले नै सत्तापक्ष भएको दाबी गरेका हुन् । 

 

मन्त्री थापाले यथास्थितिमै प्रदेश सरकार रहनसक्ने सम्भावना भएको जिकिर गर्दै भने, ‘संघमा जे–जे भएपनि गण्डकी प्रदेशमा हामी सत्तामै छौ, रहन्छौं, माओवादी र एमाले सँगै छ ।’

 

तर माओवादी र एमालेबीच स्पष्ट विभाजन भइसकेको र सत्ता समीकरण विभक्त भइसकेको प्रसंगमा सरकारका प्रवक्तासमेत रहेका थापाले अब नेपाली कांग्रेस र एमालेबीच पनि तालमेल हुनसक्ने इंगित गरे । 

 

‘त्यसो त माओवादी, राप्रपा र एमालेको सरकार छ यहाँ’ थापा भन्छन् ‘माथिबाट तीनै पार्टीले प्रदेशउपर निर्णय गरेको छैन, यसर्थ यही समीकरण नै सरकारमा हुने सम्भावना छ ।’

 

पार्टी हाइकमाण्डको निर्णय विपरित जान नमिले पनि प्रदेशको हितकाखातिर यहीबाट सरकारको खाका कोरिनसक्ने अभ्यास यसपटक हुनेमा उनको विश्वास छ । प्रदेश सरकारबाट एमाले बाहिरिए माओवादीसमेत बाहिरिनु पर्ने बाध्यता भएको उनको भनाई छ । 

 

प्रदेशमा राप्रपाले एमालेलाई साथ नछाड्ने भएपछि माओवादीले कांग्रेससँग सत्ता समीकरणार्थ छलफल गरिहाल्न सकेको छैन । यसबीचमा प्रदेश सरकारको भविष्य सबै पार्टीको केन्द्रीय निर्णयमा निर्भर रहनेछ । 
 

लेखनाथ:    महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ ।   शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...

थप पढ्नुहोस्

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...

थप पढ्नुहोस्

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

थप पढ्नुहोस्