प्रथम फ्लो फ्लो कप फुटबलः तेस्रो दिन ७ खेल
पाेखरा | फागुन १७, २०७९
पोखरा: पोखरा १३ माछापोखरीमा जारी प्रथम फ्लो फ्लो कपमा बुधवार देखी दोश्रो चरणको खेल शुुरु भएको छ ।
गन्नी एफ सी फुटबल क्लबको आयोजनामा जारी फ्लो फ्लो कपमा बुधवार सम्पन्न पहिलो खेलमा प्रो फिट फुटबल क्लबले नमुना फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल रहयो ।
खेलमा प्रोफिटका आशिस कुंवर र प्रवेश गुरुङले १–१ गोल गर्न सफल भए । त्यसैगरी दोश्रो खेलमा बी १३ ले बीवाइएस एफ सीलाई ६–० कोे फराकिलो गोल अन्तरले पराजित गर्न सफल रहयो । खेलमा बी १३ को तर्फबाट दीपेश गुरुङले ५ र सन्देश देवकोटाले १ गोल गरे ।
तेश्रो खेलमा केआइइसी बोन एफसीले दीनेश एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय ग¥यो । खेलमा केआइइसीका तर्फबाट अविनाश तामाङले निर्णायक गोल गरे ।
चौथो खेलमा एलजी एकताले दीप १६ लाई १–० गोल अन्तरले पराजित ग¥यो । खेलमा एलजीको तर्फबाट प्रशान्त गुरुङले निर्णायक गोल गरे । पांचौ खेलमा रामघाट एफसीले ढुंगेसांघु एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल रहयो । उक्त खेलमा रामघाटका गंगा गुरुङ र प्रविन गुरुङले समान १–१ गोल गरे ।
त्यसैगरी पांचौ खेलमा रत्न समाजलाई सैनिक एफसीले २–० गोल अन्तरले पराजित ग¥यो । खेलमा सैनिकको तर्फबाट सुजल गुरुङ र बिकास परियारले समान १–१ गोल गरे । त्यसैगरी बुधबार सम्पन्न अन्तिम खेलमा रत्नचोकले संगम एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय ग¥यो । खेलमा रत्नचोकका अभिषेक गुरुङले निर्णायक गोल गरेका थिए ।
प्रतियोगितामा बिजेतालाई नगद २ लाख ११ हजार १ सय ११ रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरी उपबिजेताले नगद १ लाख ५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ । त्यसैगरी उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५÷५ हजार नगद र ट्रफि प्रदान गरिने छ ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

