फ्लो फ्लो कपको उपाधि गन्नी एफसीलाई
पाेखरा | फागुन २०, २०७९
पोखराः प्रथम फ्लो फ्लो कपको उपाधि आयोजक गन्नी एफसी निलोले जितेको छ । उपाधी संगै गन्नी एफसीले नगद २ लाख ११ हजार १ सय ११, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलमा निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ३–२ गोल अन्तरले सी फोर्टिन रत्नचोक एफसीलाई पराजित गर्दै उपाधि हात पारेको हो ।
खेलको पहिलो हाफमा रत्नचोकका मनोज नेपालीले गोल गर्दै अग्रता लिएको भएतापनि दोश्रो हाफमा भने रत्नचोक चुक्न पुग्यो । दोश्रो हाफको सुरुमा गन्नीका युनिक गुरुङले सी फोर्टिनका खेलाडीलाई लडाएपछि रेडकार्ड पाएर गन्नी ६ खेलाडीमा सिमित हुन पुगेको भएतापनि दोश्रो हाफको बीचमा गन्नीका सुनिल गोतामेले एक गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
प्रतियोगिताको उपबिजेता सी फोर्टिन रत्नचोकले नगद १ लाख ५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए । खेलमा म्यान अफदी म्याचको उपाधी गन्नी एफसीका सुनिल गोतामेले हात पारे । त्यसैगरी प्रतियोगितामा गन्नीका आकाश रानाभाटले सवोत्कृष्ट खेलाडीको उपाधी सहित ट्रफी र नगद ७ हजार प्राप्त गरे ।
त्यसैगरी सर्वाधिक गोलकर्ता गन्नीकै गणेश क्षेत्रीले नगद ५ हजार प्राप्त गरेभने उत्कृष्ट गोलरक्षकको उपाधी सी फोर्टिनका गोल रक्षक प्रविण गुरुङ घोषित भए । उपाधी संगै गुरुङले नगद ५ हजार प्राप्त गरे ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

