यू–२० महिला टोलीको बिदाइ
काठमाडाैं | फागुन २१, २०७९
काठमाडौं: प्यालेस्टाइनमा मार्च ४ देखि १२ तारिखसम्म आयोजना हुने एएफसी यू-२० महिला एसियन कप छनोट खेल खेल्ने टोलीको बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार महिला टोलीको बिदाइ गरेको हो । नेपाली टोली आजै प्यालेस्टाइन प्रस्थान गर्नेछ । छनोट खेलमा नेपाल समूह ‘बी’ मा रहेको छ ।
यस समूहमा नेपालसहित आयोजक प्यालेस्टाइन, युएई र नर्दन मारियाना आइल्यान्ड छ । नेपालले पहिलो खेल मार्च ८ तारिख प्यालेस्टाइनसँग खेल्नेछ । छनोट खेलको शीर्ष टोली दोस्रो चरणमा प्रवेश गर्नेछ ।
दोस्रो चरणको छनोट खेल जुन ३ देखि ११ तारिखसम्म हुनेछ । दोस्रो चरणबाट चार टोली उज्वेकिस्तानमा सन् २०२४ मा आयोजना हुने यू-२० महिला एसियन कपमा छनोट हुनेछन् । एसिया कपमा १६ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाली यू–२० महिला टोली
गोलक्षक : कविता विक, सावित्री किसन र लीला जोशी
रक्षक : सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनीता भुलन, दिव्या यस्मालीमगर, प्रतीक्षा चौधरी र कुमारी तामाङ
मिडफिल्डर : तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल र दीपा शाही
स्ट्राइकर : गरिमा राई, अमिषा कार्की, ममता पुन र सदीपा भोलन
काठमाडौं: विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...
ढोरपाटन: बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...
पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ । गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान ...

