यू–२० महिला टोलीको बिदाइ
काठमाडाैं | फागुन २१, २०७९
काठमाडौं: प्यालेस्टाइनमा मार्च ४ देखि १२ तारिखसम्म आयोजना हुने एएफसी यू-२० महिला एसियन कप छनोट खेल खेल्ने टोलीको बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार महिला टोलीको बिदाइ गरेको हो । नेपाली टोली आजै प्यालेस्टाइन प्रस्थान गर्नेछ । छनोट खेलमा नेपाल समूह ‘बी’ मा रहेको छ ।
यस समूहमा नेपालसहित आयोजक प्यालेस्टाइन, युएई र नर्दन मारियाना आइल्यान्ड छ । नेपालले पहिलो खेल मार्च ८ तारिख प्यालेस्टाइनसँग खेल्नेछ । छनोट खेलको शीर्ष टोली दोस्रो चरणमा प्रवेश गर्नेछ ।
दोस्रो चरणको छनोट खेल जुन ३ देखि ११ तारिखसम्म हुनेछ । दोस्रो चरणबाट चार टोली उज्वेकिस्तानमा सन् २०२४ मा आयोजना हुने यू-२० महिला एसियन कपमा छनोट हुनेछन् । एसिया कपमा १६ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाली यू–२० महिला टोली
गोलक्षक : कविता विक, सावित्री किसन र लीला जोशी
रक्षक : सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनीता भुलन, दिव्या यस्मालीमगर, प्रतीक्षा चौधरी र कुमारी तामाङ
मिडफिल्डर : तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल र दीपा शाही
स्ट्राइकर : गरिमा राई, अमिषा कार्की, ममता पुन र सदीपा भोलन
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

