तालिमपश्चात रोजगार अनिवार्य
काठमाडाैं | जेठ २५, २०७९
काठमाण्डौँः वाग्मती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रत्येक स्थानीय तहमा युवाहरुलाई तालिम र यसपछि रोजगारीको पनि व्यवस्था गरिने बताउनुभएको छ ।
प्रदेश युवा परिषद् वाग्मती प्रदेशको पहिलो स्थापना दिवसका अवसरमा आज हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तालिम दिनु अगाडि स्थानीय तहहरुमा युवाहरुलाई स्वयंसेवकका रुपमा परिचालन गरिने र उक्त स्वयंसेवकको रिपोर्टका आधारमा आवश्यक तालिम र कार्यक्रम तय हुने जानकारी दिनुभयो । युवाहरुलाई उत्पादन, रोजगारी र व्यवसायमा उत्प्रेरित गर्नुपर्ने उहाँको भनाइ छ ।
प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले राष्ट्रिय युवा नीतिलाई आधार मानेर प्रदेश युवा नीति बनाउँदै गरेको जानकारी दिनुभयो । प्रदेशका युवालाई आधार मानेर कार्यक्रम ल्याइने समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सुमन पाख्रिन, प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभाका सदस्य चन्द्र लामा वाग्मती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी लगायतले युवाहरुले आफ्ना हकअधिकार प्राप्तिका लागि मुखले मात्र नभईकन व्यवहारले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

