चितवन राष्ट्रिय निकुञ्जमा एक गैँडा मृत अवस्थामा फेला

चितवन | फागुन २५, २०७९

चितवन राष्ट्रिय निकुञ्जमा एक गैँडा मृत अवस्थामा फेला

चितवन:  चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ । 

 

निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत शेरी पोष्ट नजिक २० वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । निकुञ्जको नियमित गस्ती टोलीले बुधबार बिहान ९ः३० बजे मृत अवस्थामा गैँडालाई फेला पारेको थियो । एक आपसमा जुधेर मृत्यु भएको हुन सक्ने सूचना अधिकारी तिवारीले बताउनुभयो । 

 

मृत गैँडाको खाग खुर सुरक्षित छ भने साउन महिना यता प्राकृतिक र चोरी शिकारीले गर्दा १३ वटा गैँडाको मृत्यु भएको छ ।  गैँडाको वासस्थान परिवर्तन भएर पश्चिम क्षेत्रमा धेरै हुन थालेपछि जुधेर मर्ने सख्या वृद्धि भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । निकुञ्जको पूर्वी क्षेत्रमा स्थानान्तरण गर्ने र यहाँबाट अन्य निकुञ्जमा लैजानको लागि तयारी भए पनि काम हुन ढिलाइ भइराखेको उहाले बताउनुभयो । 

 

पश्चिम अमलटाडी, कावासोती लगायतको क्षेत्रमा गैँडाको लागि उपयुक्त वासस्थान छ । नारायणी नदीको भँगालो, घाँसे मैदान, पानीको व्यवस्था, मानवीय चापको कमीलगायतको कारणले गैँडाको वासस्थान पश्चिम हुन थालेको छ । त्यसलाई व्यवस्थापन गर्नको लागि विभागबाट पनि पहल भइराखेको उहाँले जानकारी दिनुभयो । संरक्षित वन्यजन्तुका लागि सबैभन्दा महत्वपूर्ण वासस्थान रहेकाले त्यसतर्फ विभागको ध्यान गएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीले बताउनुभयो । 

 

गैँडाको सुरक्षाका लागि वासस्थानको सुधार, स्थानान्तरण, जनसङ्ख्या व्यवस्थापन, चोरीसिकारी नियन्त्रण, समुदाय परिचालनलगायतको काममा विभागले योजना अनुसार काम गरिराखेको जानकारी दिनुभयो । पछिल्लो गणना अनुसार निकुञ्जमा छ सय ९४ गैँडा छन् । 

पोखरा:   सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् ।  उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईप...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार न्यायिक समिति स...

थप पढ्नुहोस्

पोखरा:   नातेदारलाई बलात्कार र बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्...

थप पढ्नुहोस्