रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउन मेरो पनि भूमिका छ : माधवकुमार नेपाल
काठमाडाैं | फागुन २५, २०७९

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई राष्ट्रपति बन्न प्रस्ताव गरेको बताएका छन् ।
संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले प्रचण्डले आफूलाई राष्ट्रपति बन्न प्रस्ताव गरे पनि राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गरेको बताएका हुन् ।
नेपालले भने, ‘मैले अगाडि सरेर भनेकै हुँ अहिलेको परिस्थिति हेर्दा नेपाली कांग्रेसलाई नै राष्ट्रपतिको उम्मेदवार बनाऔं । हामी सबैको सहयोगमा पौडेल जीलाई राष्ट्रपतिको उम्मेदवार बनाएका हौं । उहाँलाई राष्ट्रपति उम्मेदवार बनाउन हाम्रो पनि भूमिका छ । ’
पोखरा: पोखरा र बागलुङबाट एक थास प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो २३ औं वार्षिकोत्सव आइतबार एक समारोहका बिच पोखरामा मनाइएको छ । सोही क्रममा कार्यक्रमको उ...
पोखरा: पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको छ । नेपाल मगर पत्रकार संघ कास्कीको आयोजना र नेपाल मगर संघ सराङकोट इकाई समितिको व्यवस्थापनमा पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको हो । ...
काठमाडौं: यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मूल व्यवस्थापन स...