स्किलअप इन्ष्टिच्युटद्धारा २५ जना महिलालाई मोफिन र डुनुट बनाउने तालिम
काठमाडाैं | फागुन २५, २०७९
काठमाडौं: अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर स्किलअप इन्ष्टिच्युट अफ टुरिजम एण्ड हस्पिटालिटि म्यानेजमेन्ट प्रालि गंगबुले एक दिने सीप विकास साक्षरता तालिम सम्पन्न गरेको छ ।
एक दिने सीप विकास साक्षरता तालिम अन्तर्गत मोफिन तथा डुनुट बनाउने तालिम प्रदान गरिएको थियो ।
महिलाहरुलाई सीप विकास मार्फत आर्थिक रुपमा सक्रियताका लागि हौसला प्रदानहोस भन्ने उदेश्यले एकदिने मोफिन तथा डुनट बनाउने तालिम प्रदान गरिएको कार्यक्रमका सभापति राजन लोहनीले बताए ।
सामाजिक उत्तरदायित्व अनुसार सस्थाले यो कार्यक्रमको आयोजना गरि नारीहरुको सशक्तिकरणका लागि ऐक्यवद्धता जनाउदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै लैजाने संस्थाको योजना रहेको स्किलअप इन्ष्टिच्युट अफ टुरिजम एण्ड हस्पिटालिटि म्यानेजमेन्ट प्रालिका निर्देशक लिला बहादुर वि.क.ले बताए ।
स्टारजोन होटल प्रालि र जिभ करियर इन्ष्टिच्युट प्रालिको सहयोगमा आयोजित उक्त कार्यक्रममा गण्डकी प्रदेश चेम्बर अफ कमर्शका अध्यक्ष किसान सुनार लगाएत क्षेत्रगत अतिथिहरु, सवाजसेवीहरुको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रम नमुना इटानीले संचालन गर्नु भएको थियो । भने संस्थाले उपलब्ध गराउदै आएको कार्यक्रमहरुको बारेमा संस्थाका प्रबन्धक निर्देशक दुर्गा सुनारले जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा २५ जना महिलाहरुको सहभागीता रहेको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

