मलेसिया पठाउँछु भन्दै १ सय बढी नागरिकलाई ठगी गर्ने तामाङ प्रहरीको नियन्त्रणमा

काठमाडाैं | फागुन २५, २०७९

मलेसिया पठाउँछु भन्दै १ सय बढी नागरिकलाई ठगी गर्ने तामाङ प्रहरीको नियन्त्रणमा

काठमाडौं:  वैदशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौंबाट एक व्यक्तिलाई प्रहरीले प्रकाउ गरेको छ ।  


मकवानपुर मनहरी गाउँपालिका २ घर भई हाल काठमाडौं महानगरपालिका  १४ मा बस्दै आएका वर्ष २८ वर्षीय आदेश तामाङलाई प्रहरीले प्रकाउ गरेको हो ।  


केएचएम रिक्वायरमेन्ट ग्रुप नामक नक्कली मेनपावर सञ्चालन गरी १ सय जना भन्दा बढि व्यक्तिहरुलाई मलेसियामा रहेको टेलिप्लेक्स मेडिकल एसडिएन र बिएसडिको कम्पनिमा आकर्षक तलबमा पठाई दिन्छौँ भनि रकम लिई ठगी गरको आरोपमा तामाङलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ । 


तामाङले सञ्चालन गरेको केएचएम रिक्वायरमेन्ट ग्रुपमा खान तलासी गर्दा विभिन्न व्यक्तिहरुको राहदानी ९० थान, केएचएमको छाप १ थान र  एसिइआर कम्पिनीको सिपीयु २ थान सहित विभिन्न कागजातहरु बरामद गरेको छ । 


प्रकाउ परेका तामाङलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाएको छ । 
 

काठमाडौँ:  रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।   ग्रान्डी अस्पतालका अनु...

थप पढ्नुहोस्

पोखरा:   २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ ।   मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...

थप पढ्नुहोस्

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।   यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो।   मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...

थप पढ्नुहोस्