दमौलीमा कोसेली घर स्थापना

काठमाडाैं | फागुन २६, २०७९

दमौलीमा कोसेली घर स्थापना

तनहुँ:  गाउँका रैथाने बाली तथा स्थानीय सीपको बजारीकरण गर्न दमौलीमा कोसेली घर स्थापना गरिएको छ।

 

घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँद्वारा ‘व्यास कोसेली घर’ स्थापना गरिएको हो। 

 

उत्पादित कृषि बाली तथा विभिन्न सामग्रीमा सिधै उपभोक्ताको पहुँच पुग्ने हुँदा खरिदकर्ता र उत्पादनकर्ता दुवैलाई फाइदा पुग्ने तथा बिचौलियाको जरुरी नपर्ने समितिले जनाएको छ। कोसेली घरले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा समितिले लिएको छ। स्थानीयस्तरमा उत्पादन गरिएका वस्तुलाई सहज रूपमा बिक्री गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘कोसेली घर’ सञ्चालनको अवधारणा ल्याइएको बताइएको छ। 

 

महिला उद्यमीले तयार गरेका सजावट तथा व्यवस्थापनका सामग्री घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकले खरिद गरेर लैजान सक्नेछन्। तनहुँका विकट क्षेत्रमा उत्पादित वस्तु बजारको पहुँचमा पुग्न नसकेकाले लघु तथा घरेलु उद्यमीलाई बजारीकरणमा टेवा दिने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याइएको समितिका अध्यक्ष कल्पना गौलीले जानकारी दिनुभयो। घरेलु तथा साना उद्योग कार्यालयको हाताभित्र निर्माण गरिएको एककोठे भवनमा सञ्चालन गर्न लागिएको कोसेली घर फागुन २९ गते उद्घाटन गर्ने तयारी भइरहेको अध्यक्ष गौलीले बताउनुभयो।

 

उक्त स्थानमा कोदो फापर, मास, तरुल, गिट्ठा, भ्याकुर, मस्यौरा, हात तथा तानले बुनेका झोला, टोपी, स्वेटर, पछ्यौरीलगायत विभिन्न उत्पादन बिक्रीका लागि राखिएको छ। 

 

आर्थिक रूपमा महिला दिदीबहिनीलाई सबल बनाउनसमेत कोसेली घरले सहयोग पुग्ने झापुटारमा व्यवसाय सञ्चालन गर्दै आएकी खिरमती मगरले बताउनुभयो। पर्यटन तथा उद्योग कार्यालय, तनहुँले उक्त कोसेली घर निर्माण गरिदिएको हो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट विनियोजित पाँच लाखबाट पसल सजावटको कार्य गरिएको गौलीले बताउनुभयो।   

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्