नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहण भोलि हुँदै

काठमाडाैं | फागुन २८, २०७९

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहण भोलि हुँदै

काठमाडौं: नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदको शपथ ग्रहण भोलि सोमबार दिउँसो गर्ने तय भएको छ । 

 

राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा उहाँले प्रधानन्यायाधीशसमक्ष राष्ट्रपति पदको शपथ ग्रहण गर्नु हुनेछ । 

 

राष्ट्रपतिको शपथ ग्रहणको विशेष समारोहमा समाचार सङ्कलन तथा छायाङ्कनका लागि राष्ट्रपति कार्यालयले सञ्चार माध्यमलाई सोमबार दिउँसो १ बजे आउन निमन्त्रणा गरेको छ ।

 

राष्ट्रपतिले प्रधान न्यायाधीशसँग शपथ लिने संवैधानिक व्यवस्था छ । नेपालको संविधान अनुसार राष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ । 

 

पौडेलले शपथ ग्रहण गरेसँगै उहाँको औपचारिक पदावधि सुरु हुन्छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि आजबाट सकिँदैछ । राष्ट्रपति पदको जिम्मेवारी प्राप्त गर्ने पौडेल तेस्रो व्यक्ति हुनुहुन्छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्