संघीय शिक्षा ऐन ल्याउने गृहकार्य भइरहेको छ : प्रधानमन्त्री दाहाल
काठमाडाैं | फागुन २९, २०७९
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संघीय शिक्षा ऐन ल्याउने तयारीमा रहेको बताएका छन् । शिक्षा क्षेत्रमा देखिएका सबै समस्याहरूलाई समाधान गर्ने गरी शिक्षा ऐन ल्याउने तयारी भइरहेको प्रधानमन्त्री प्रचण्डले बताएका हुन। त्यसका लागि आवश्यक गृहकार्य भइरहेको उनको दावी छ।
पद्मोदय विद्यालयको ७७ औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री प्रचण्डले भने,'संघीय शिक्षा ऐनमार्फत् शिक्षा क्षेत्रमा देखिएका समस्या प्याकेजमै समधान गर्न सरकार प्रतिवद्ध रहेको छ ।' त्यसका लागि गृहकार्य भइरहेको छ।'
प्रधानमन्त्री प्रचण्डले शैक्षिक गुरुयोजना बनाइ सरकारी शैक्षिक संस्थाको गुणस्तर बढाउने बताए ।
शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी,आधुनिक विज्ञान, प्रविधि र व्यवसायी बनाउन पाठ्यक्रममा गुणात्मक सुधार ल्याउनु आवश्यक रहेको उनको भनाइ छ।
उनले भने,'शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी,आधुनिक विज्ञान प्रविधि र व्यवसायी बनाउन वर्तमान बदलिएको राजनीतिक एवं सामाजिक व्यवस्थाअनुरुप पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक छ।'
प्रधानमन्त्री प्रचण्डले प्राविधिक शिक्षालाई जोड दिँदै विश्वबजारमा प्रतिस्पर्धा गर्न योग्य जनशक्ति तयार पार्न विज्ञान गणित र इन्जिनिरिङलाई माध्यमिक तहदेखि नै अनिवार्य बनाउनुपर्नेमा जोड दिए।
उनले उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउन पनि उत्तिकै आवश्यक रहेको बताउँदै यसका लागि नीतिगत,कानुनी,संस्थागत र संरचनागत सुधारका क्षेत्रमा सरकारी प्रयासमा बौद्धिक वर्गको सहयोग र सहकार्य पनि त्यत्तिकै आवश्यक हुने बताए।
सरकारी र नीजि क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सरकारी शैक्षिक क्षेत्रको गुणस्तर बढाउन शैक्षिक गुरूयोजना निर्माण गरी कार्यान्वयन ल्याउनुपर्ने दायित्व भएको बताए।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

