सल्यानमा गोली लागि एक जनाको मृत्यु

काठमाडाैं | फागुन ३०, २०७९

सल्यानमा गोली लागि एक जनाको मृत्यु

सल्यान:  सल्यानमा सिकार खेल्न गएका एक जनाको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ स्वाराका अन्दाजी १६ वर्षीय चित्रबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

 

सोमबार दिउँसो गाउँबाट झन्डै दुई किलोमिटर टाढा बाहुनका जङ्गलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुक एक्कासि पड्किँदा घाइते भएका चित्रबहादुर घाइते भएका थिए । 

 

जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी सन्तोष खनालले घाइते रावतको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिनुभयो ।  उहाँका अनुसार बन्दुक बोकेका आइते रावत  बन्दुकसहित फरार रहेको र उनको खोजी कार्य भइरहेको छ ।

 

मृतक चित्रबहादुरको शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको प्रहरीको भनाइ छ

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्