धम्पुस पुग्यो वातावरणीय प्रभाव मूल्याङ्कन टोली

पाेखरा | फागुन ३०, २०७९

धम्पुस पुग्यो वातावरणीय प्रभाव मूल्याङ्कन टोली

पोखरा:  घट्टेखोला–धम्पुस–देउराली–खानीगाउँ हुँदै ल्वाङसम्म जोड्ने सडक निर्माण गर्नुपूर्व वातावरणीय प्रभाव मूल्याङ्कन (आईईई) गर्न टोली धम्पुस पुगेको छ।

 

आईईई रिपोर्ट निर्माणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), डिभिजन वन कार्यालय उक्त परियोजनको सम्बन्धित कन्सल्टेन्ट, स्थानीय सरकार, स्थानीय तथा सरोकारवालासहितको टोली धम्पुस पुगेको हो। 

 

माछापुच्छ्रे गाउँपालिका–७ (धम्पुस)का वडा अध्यक्ष वैकुण्ठ भण्डारीको टोलीले स्थलगत अवलोकनसँगै नापजाँच गरेको बताउनुभयो। करिब तीन वर्षअघि १३ किलोमिटर सडक ५८ करोडको लागतमा निर्माण हुने अन्तिम चरणमा पुगेर पनि विभिन्न कारणले गर्दा टेन्डर प्रक्रियामा रोकिएको थियो। उक्त योजना केही संशोधनसहित पुनर्निर्माण हुने चरणमा भएकाले अब त्यसलाई सफल पार्न सबै पक्षले सहयोग गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो। उक्त परियोजना अघि बढाउन स्थानीय रूपमा कुनै समस्या नभएको दाबी गर्दै अध्यक्ष भण्डारीले एक्याप र वन कार्यालयको क्षेत्राधिकारसमेत पर्ने भएकाले त्यसका लागि आवश्यक समन्वय गर्दै आएको जनाउनुभयो।  

 

सडकको दायाँबायाँ पर्ने स्थानीय परियोजनाका लागि आवश्यक जग्गा दिन राजी भएको अध्यक्ष भण्डारीले बताउनुभयो। स्थानीय दलबहादुर गुरुङले विकासको मेरुदण्ड नै बाटो भएकाले उक्त बाटो निर्माण प्रक्रियामा अब कुनै बाधा अवरोध नहुने बताउनुभयो। धम्पुसको घट्टेखोला, देउराली, खानीगाउँ हुँदै ल्वाङसम्म जाने गण्डकी प्रदेशकै नमुना सडक निर्माण प्रक्रिया समन्वय अभावले गर्दा ढिलाइ भएको भन्दै प्रदेशका पूर्वअर्थमन्त्री रामजीप्रसाद बराल स्थलगत अनुगमनमा पुग्नुभएको छ। 

 

पूर्वमन्त्री बरालले प्रस्तावित आयोजनाले ग्रामीण सडक विस्तारका साथै स्थानीय कृषि, पर्यटन क्षेत्रलाई टेवा पु-याउने बताउनुभयो।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्