प्रधानमन्त्रीले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने
काठमाडाैं | चैत १, २०७९
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने भएको छ।
बुधबार बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकपछि पार्टी प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री प्रचण्डले चैत्र ६ या ७ गते विश्वासको मत लिने जानकारी दिए। उनले त्यसलगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताए।
'सरकारमा जानेबारे छलफल भएको छैन। विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्छ,'उनले भने,'चैत्र ६ या ७ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी छ।'
नेकपा एमाले र राप्रपाले कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन फिर्तासहित बाहिरिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।
सरकारबाट बाहिरिए पनि रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन भने कायमै राखेको छ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

