सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख १० हजार पुग्यो

काठमाडाैं | चैत ५, २०७९

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख १० हजार पुग्यो

काठमाडौँ:  आज नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको जनाएको हो ।

 

यसअघि, सुनको उच्च मूल्यको कीर्तिमान तोलामा १ लाख ७ हजार ५०० रुपैयाँको थियो । आज भने तोलामै १ लाख १० हजार रुपैयाँ पुगेको हो । यससँगै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार कायम भएको छ ।

 

यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय १० रुपैयाँ कायम थियो ।

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्