राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीलाई मञ्चले सम्मान गर्ने

पाेखरा | चैत ५, २०७९

राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीलाई मञ्चले सम्मान गर्ने

पोखरा:   नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीलाई सम्मान गर्ने भएको छ । 


आइतबार बसेको मञ्चको सचिवालय बैठकले करनलाई नगदसहित सम्मान गर्ने भएको हो । सो बारे जानकारी दिंदै मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले नेपालमा हालै सम्पन्न लिग टु क्रिकेट प्रतियोगितामा बिजयी बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेपाली राष्ट्रिय टिमका सदस्य करणलाई नगद २० हजारसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गर्ने बताए । 


महासचिव तिमिल्सिनाले भने-“लामो समय देखि गण्डकी प्रदेशका खेलाडी समेत रहेका करणले राष्ट्रिय टिमको सदस्यको रुपमा नेपालको झण्डालाई उचाईमा पु¥याउन र राष्ट्रिय गौरव बढाउन जुन भूमिका खेलेका छन् त्यो महत्वपूर्ण छ भने खेलाडीको रुपमा करनको भूमिका समेत उत्तिकै स¥हानिय छ ।” मञ्चले उनको खेलायात्रालाई अझै मनोबल बढाउन सम्मान गर्न लागेको उनको भनाई थियो ।

 
मञ्चले आफ्नै सचिवालय गैह्रापाटनमा विहान ८ बजे सम्मानको कार्यक्रम तय गरेको उनले जानकारी दिए । 


मञ्चका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको बैठकले अप्रिल ६ पिस एण्ड स्पोर्टस डेको अवसरमा खेलकुद पत्रकारहरु संग मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ भने मञ्चले २०८० सालको क्यालेण्डर समेत प्रकाशित गर्ने निर्णय गरेको मञ्चले जनाएको छ । 

 
 

पोखरा:  कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ ।  बु...

थप पढ्नुहोस्

तनहुँः  देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक  बेपत्ता भएका छन् ।  उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...

थप पढ्नुहोस्

पर्सा:  वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...

थप पढ्नुहोस्