पे–पार्किङमा अझै देखिएन रुचि, सडकमै सवारीसाधन
पाेखरा | चैत ६, २०७९
गत माघ २३ गते तामझामकासाथ पोखरामा सुरु भएको सशूल्क पार्किङ्मा सवारीधनीहरुले अझै रुचि देखाएका छैनन् ।
उक्त दिन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले न्यूरोडस्थित पुर्णिमा चलचित्र हल पछाडीको भागमा पार्किङ् उद्घाटन गरेका थिए । उद्घाटनका दौरान मेयर आचार्यले सुन्दर पोखराको योजना साकार पार्न पोखरेलीलाई सडक किनारमा पार्किङ् नगरिदिन अनुरोधसमेत गरे ।
मेयरले अनुरोध गरेपनि स्थानीयले सडक किनारमै पार्किङ् गर्न नछाडेपछि ट्राफिक प्रहरीले बिहानैदेखि रोक लगाउँदै आएको छ । तर बिहानजस्तै दिनभर प्रहरी खट्न नसकेपछि सडक किनारमा अझैपनि पार्किङ् भइरहेको छ ।
निजी सवारीचालकले अटेर गरेपछि पार्किङ् सञ्चालक भने मर्कामा परेका छन् । सशूल्क पार्किङ् सञ्चालनको जिम्मेवारी लिएका प्रदिप बस्नेतका अनुसार नजिकै पार्किङ् भएपनि आमरुपमा सडक किनारमै सवारी पार्किङ् गर्ने बानी अझै हटेको छैन ।
‘महानगरको योजनालाई सहयोग गर्ने उद्देश्यले पार्किङ् सञ्चालनमा अग्रसर भएको हुँ’ सञ्चालक पौडेल भन्छन् ‘पहिलो महिना भाडा तिर्न सकिएन तर कमाउने भन्दा पनि व्यवस्थित पोखराका लागि काम गरेको हुँ ।’
पौडेलका अनुसार ४–५ लाख रुपैयाँ लगानी गरी पार्किङ् स्थान बनाइएको हो । स्थलमा सुरक्षा गार्डसहित ३ कर्मचारी व्यवस्थापनमा जुटेका छन् ।
त्यस्तै, करुणनिधि कोइरालाको जग्गा जो महानगरले मुद्दा जितेर स्वामित्वमा लिइएको भनिएको छ, त्यहाँपनि सशूल्क पार्किङ् सुरु भएको छ ।
उक्त स्थानमा २ हप्ता अघिदेखि पार्किङ् सुरु भएको संघर्ष कोइरालाले जनाए । उक्त जग्गामा पार्किङ् सञ्चालन गर्न कोइराला परिवारले महानगरसँग कुनैपनि सम्झौता गरेको छैन ।
सञ्चालक कोइरालाका अनुसार उक्त जग्गाको मुद्दा अझैपनि उच्च अदालतमा रहेको छ । जसकारण पार्किङ् सञ्चालन गरिएको हो । ‘हामीसँग लालपुर्जा छ’ कोइरालाले भने ‘हामी कानूनी लडाई लडिरहेका छौं ।’
यद्यपि, अब महानगरसँग यस विषयमा सम्झौता गर्ने कोइरालाले जानकारी दिए । उक्त स्थानमा भने सवारीसाधनहरु पार्किङमा आउने गरेको उनको भनाई छ ।
न्यूरोड क्षेत्रमा यसबाहेक महानगरले खोप्लाङेको जग्गामा निशूल्क पार्किङ दिएको छ । तरपनि दिउँसोको समयमा स्थानाभावकाकारण सडकमै पार्किङ भइरहेको छ ।
पार्किङ् शूल्क २ पाङ्ग्रेका प्रतिघण्टा १० रुपैयाँ रहेको छ । त्यस्तै, चारपाङ्ग्रको हकमा प्रतिघण्टा ५० र ७० रुपैयाँ रहेको छ ।
महानगरले निर्धारित गरिदिएको शूल्कको दर भने यसअघि पोखरेलीले तिर्दै आएको भन्दै अत्यधिक हो । मोटरसाइकल वा स्कुटर पार्किङ् गर्ने कुनैपनि जागिरे वा व्यवसायी एवं गाडी भएकाले दैनिक ६ घण्टा सेवा लिँदा तिर्नुपर्ने मूल्य निकै बढी हुन आउँछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

