भोटेकोशी र सुनकोशीमा पक्की पुल बन्दै

काठमाडाैं | चैत ७, २०७९

भोटेकोशी र सुनकोशीमा पक्की पुल बन्दै फाइल तस्बिर

सिन्धुपाल्चोक:   सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–३ बोक्चेन, नाम्थाङ, छेताङ र सुनकोशी गाउँपालिका–७ कोठे, पाखरदोभान, थुम्पाखर, दोलखा जोड्ने पक्की पुल निर्माण हुने भएको छ। 

 

पुल निर्माणका लागि विस्तृत परियोजना प्रस्ताव (डीपीआर) तयार गरिसकिएको छ। भोटेकोशी गाउँपालिकाको १० किलो भन्ने स्थानबाट हिमाली गाउँ बोक्चेन, नाम्थाङ, छेताङ पुग्न पक्की पुल बनाउने काम अघि बढाइएको सो गाउँपालिकाका अध्यक्ष पासाङनृर्पु शेर्पाले जानकारी दिनुभयो। 

 

चीनको तिब्बतको सीमा उक्त गाउँमा शेर्पा समुदायको बाहुल्यता छ। वर्षौदेखि सो गाउँवासी भोटेकोशी नदी तरेर वारपार गर्दै आइरहेका छन्। पुल निर्माणपछि १५० भन्दा बढी घरधुरीका बासिन्दा लाभान्वित हुने र जोखिम मोलेर भोटेकोशी नदी तरेर घर जानुपर्ने बाध्यताबाट मुक्त हुने छन्। 

 

राज्यबाट हुने विकास निर्माणबाट वञ्चित उक्त गाउँमा भर्खरै मात्र सडक पु-याइएको छ। नागरिकको दैनिकीलाई सहजताका लागि पक्की पुल बनाउन पालिका अध्यक्ष शेर्पालगायतका जनप्रतिनिधिले गरेको प्रयास सकारात्मक रहेको नेपाल चेम्बर अफ कमर्स भोटेकोशी गाउँपालिका समितिका अध्यक्ष फुनु शेर्पाले बताउनुभयो।    

काठमाडौं:      नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले दोस्रो टी–२० खेलमा जितको लागि मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने न...

थप पढ्नुहोस्

काठमाडौंः  चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गरेको छ ।   १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालका ला...

थप पढ्नुहोस्

काठमाडौंः   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गर्नुभएको छ ।   ‘नेपाल लगानी ...

थप पढ्नुहोस्