मेयरलाई भूमिअधिकार मञ्चको मागपत्र

कास्की | जेठ २६, २०७९

मेयरलाई भूमिअधिकार मञ्चको मागपत्र

पोखरा:  भूमिअधिकारबाट वञ्चितहरुको हक अधिकार सुनिश्चित गर्नका लागि वकालत गर्दै आएको भूमिअधिकार मञ्च काक्कीका प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यलाई भेटी ३ बुदें माग पत्र पेश गरेका छन् ।

 

मञ्चका कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङको नेतृत्वमा प्रदेश सदस्यहरु रामबहादुर लामिछाने र टेकबहादुर पुन, कास्की जिल्ला सदस्य हरिकुमारी गुरुङ र पोखरा महानगर अध्यक्ष लेखमाया थापाको टोलीले आज मागपत्र पेश गरेका हुन् ।

 

मेयर आचार्यले मागपत्र ग्रहण गर्दै  भूमिहिनको पक्षमा काम गर्ने बताए । उनले आगामी २÷३ वर्ष भित्रमा समस्या समाधानको लागि पहल गर्ने उल्लेख गरे । 

 

सो पत्रमा पोखरा महानगरपालिका र ३३ वटै वडाहरुमा राष्ट्रिय भूमि आयोजको सहजीकरण समितिमा मञ्चको तर्फबाट १ महिला र १ पुरुषलाई मनोनित गर्नुपर्ने उल्लेख गरिएको छ ।

 

त्यसैगरी पत्रमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थीत बासिन्दालाई भोगाधिकारको आधारमा सोही स्थानमा जग्गाको नाप नक्सा गरी निस्सा उपलब्ध गराई पूर्जा सहितको व्यवस्था गर्न माग गरिएको छ ।

 

विगत २०६८ सालमा नेपाल सरकारले गठन गरेको सुकुम्बासी समस्या समाधान आयोगले भूमिहिन सुकुम्बासीहरुलाई छानविन गरी उक्त बस्तीहरुमा जग्गा नाप नक्सा समेत तयार गरी सुकुम्बासी परिचयपत्र वितरण गरेको हुनाले उक्त प्रमाणलाई आधारमानी निजहरुलाई सोही स्थानमा श्रेस्ता कायम गरी पूर्जा वितरण गरियोस् भन्ने पत्रमा उल्लेख गरिएको मञ्चका कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले जानकारी दिए ।

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्