पोखरामा बैशाख २ गतेदेखि अनलाईन पत्रकारिता तालिम सञ्चालन हुने

पाेखरा | चैत ८, २०७९

पोखरामा बैशाख २ गतेदेखि अनलाईन पत्रकारिता तालिम सञ्चालन हुने

पोखरा: अनलाइन पत्रकार संघ गण्डकीको आयोजनामा आगामी बैशाख २ गतेदेखि ४ गतेसम्म अनलाईन पत्रकारिता तालिम सञ्चालन हुने भएको छ ।



गणेश बरालको अध्यक्षतामा नवनिर्वाचति कार्यसमितिको बुधबार बसेको बैठकले पोखरामा अनलाईन पत्रकार संघ गण्डकीमा आवद्ध संचारकर्मी, पत्रकार र सम्पादकहरुलाई लक्षित गरि तालिम सञ्चालन गर्ने निर्णय गरेको हो । साथै कास्की जिल्लामा रहेर अनलाईन सम्बद्ध पत्रकार, संचारकर्मीहरुलाई संघमा समेट्ने नीति अवलम्बन गर्ने निर्णय अनुसार नयाँ सदस्यता आह्वान गर्न निर्णय गरिएको अनलाईन पत्रकार संघ गण्डकीका सचिव प्रल्हाद चन्द्र घिमिरेले जानकारी दिनुभयो ।



कास्की जिल्लामा अहिले ९३ अनलाईन दर्ता भएर सञ्चालनमा रहेपनि ५२ जनामात्रै संघमा सदस्य रहेको कारण सबैलाई समेट्ने उद्देश्यले चैत मसान्तभित्र नयाँ सदस्यता वितरण गर्ने निर्णय गरेको हो । दर्ता भएका अनर्लाइनसम्बद्ध पत्रकार र संचारकर्मीलाई संघको नियमानुसार सदस्यता वितरण गर्ने र सदस्यहरुलाई तालिममा सहभागि गराइने उहाँको भनाई छ । सदस्यता लिन https://ojag.org.np/ मा गएर लगइन गरि अनलाईनबाट सदस्यता फारम भर्न सकिने संघका अध्यक्ष बरालले बताउनुभयो । विधिवत दर्ता भएर स‌ंचालनमा रहेका अनलाइनका संचारकर्मी, पत्रकारहरुलाई संघमा आवद्द हुन अध्यक्ष बरालले अनुरोध गर्नुभएको छ ।



त्यस्तै बैठकले समितिको सल्लाहकारमा सागरराज तिमिल्सिना, प्रकाश ढकाल, केशव पाठक, रञ्जन अधिकारी, कमल सुवेदी र सन्देश श्रेष्ठलाई चयन गरेको छ । बैठकले संघको तेश्रो साधारसभा र दोश्रो अधिवेशन सम्पन्न गरि नयाँ कार्यसमिति चयन गर्न भुमिका खेलेका निवर्तमान कार्यसमिति, निर्वाचन समिति लगायत सम्पुर्ण सरोकारवालाहरुमा धन्यवाद ज्ञापन गरेको छ ।

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको ...

थप पढ्नुहोस्

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या...

थप पढ्नुहोस्

तनहुँ:    बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पताल भवन निर्माणको काम ठप्प भएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी...

थप पढ्नुहोस्