राष्ट्रिय टिमबाट संन्यास घोषणा गरेर अस्ट्रेलिया प्रस्थान गर्दै सुजल
काठमाडाैं | चैत ९, २०७९
काठमाडौं: मिडफिल्डर सुजल श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टिमबाट संन्यासको घोषणा गरेका छन्।
श्रेष्ठले बिहीबार सामाजिक सञ्जालमार्फत् संन्यास लिने घोषणा गरेका छन्।
उनी संन्यासको घोषणा गरेर अस्ट्रेलिया प्रस्थान गर्दैछन्। उनीसँगै डिफेन्डर रजिन धिमाल पनि अस्ट्रेलिया जाँदैछन्।
पछिल्लो समय नेपाली राष्ट्रिय टिमका दर्जनभन्दा बढी खेलाडी अस्ट्रेलिया गइसकेका छन्। त्यहाँको स्थानीय टिमबाट खेल्नका लागि राष्ट्रिय टिम छाडेर खेलाडीहरु पलायन भइरहेका हुन्।
बिहीबार संन्यास घोषणासँगै सुजलले आफूले सम्मान महसुस गरेको बताए। नेपालका लागि ११ वर्षमा ५१ खेल खेलेका सुजलको कप्तानीमा नेपालले सन् २०१९ मा दक्षिण एसियाली खेलुकद (साग) मा स्वर्ण जितेको थियो।
‘११ वर्ष, ५१ खेलमा आफ्नो देशको झन्डा छातिमा बोकेर मैदानमा उत्रने अवसर पाउँदा निकै गर्विलो महसुस गरेको छ। केहि खुसीका पल त केहि दु:खका, कतै उपाधि त कतै निराश क्षणलगायत य सबै तिता मिठा सम्झनाहरु मनमा समेटी आज म राष्ट्रिय टोलीबाट आफ्नो संन्यास घोषणा गर्दछु,’ सुजलको भनाइ छ।
उनले अघि लेखेका छन्, ‘यति लामो समयसम्म राष्ट्रिय टोलीको जर्सी लगाउन पाउनु मेरो लागि ठूलो सम्मान थियो। मैले यो गर्व र जोशका साथ निर्वाह गरें। हाल राष्ट्रिय टोलीमा रहेका र अन्य भाइहरु धेरै क्षमतावान छन्। र म विश्वस्त छु कि भाइहरुले देशको झन्डा झुक्न दिनेछैनन्। अब पालो नयाँ पुस्ताको हो।’
उनले सबै प्रशंसक र प्रशिक्षकलाई धन्यवाद समेत दिएका छन्।
‘सबै प्रशंसक र समर्थकहरूलाई धन्यवाद, जसले मलाई ताली र जयजयकारले साथ तथा हौसला दिए। साथै मलाई विश्वास गर्दै नियमित राष्ट्रिय टोलीमा स्थान दिँदै यहाँसम्म पुर्याउन मद्दत गर्नुहुने सम्पूर्ण प्रशिक्षकलाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। मलाई लाग्छ अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने यो मेरोलागि उपयुक्त समय हो। जय नेपाली फुटबल,’ उनको भनाइ छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

