गण्डकीमा माओवादीलाई मुख्यमन्त्री दिएर भएपनि सत्तामै रहने एमालेको योजना

पाेखरा | चैत ११, २०७९

गण्डकीमा माओवादीलाई मुख्यमन्त्री दिएर भएपनि सत्तामै रहने एमालेको योजना

नेकपा माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा सहभागी भएका दुई मन्त्रीले मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा बुझाएपछि नेकपा एमाले यहाँ कमजोर भएको छ  । 

 

माओवादी मन्त्रीहरु बाहिरिएपछि अब ठूलो दलको हिसाबले नेपाली कांग्रेस प्रदेशको सरकारमा दाबी गर्दैछ । सरकार धरापमा परेपछि बहिर्गमनको बाटो रोज्नुपर्ने भएपनि मुख्यमन्त्री खगराज अधिकारी हार मानिहाल्ने मुडमा छैनन् । 

 

मुख्यमन्त्री अधिकारी निकटकाअनुसार एमालेले अझैपनि माओवादीसँग सत्ता समीकरण गर्न चाहिरेको छ । निकटस्थ भन्छन् ‘अधिकारीको चाहना माओवादीलाई मुख्यमन्त्री दिएर भएपनि प्रदेश सरकारमा रहनेछ ।’

 

उक्त योजनालाई मूर्तरुप दिन मुख्यमन्त्री अधिकारी पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सम्वादमा छन् । स्रोतका अनुसार माओवादीलाई मुख्यमन्त्री दिएर सत्ता टिकाउने एमालेको बलियो अस्त्र हो ।

 

‘माओवादी कांग्रेससँग मिले पनि पाउने भनेको हालकै पोर्टफोलियो हो’ स्रोत भन्छ ‘उसले कुनैपनि हालतमा मुख्यमन्त्री पाउँदैन, तर हाम्रो अफर माओवादीलाई झनै फाइदामूलक हुनेछ ।’

 

एमालेले यस्तो योजना बनाएपनि यसको निर्णय केन्द्रबाटै हुने बताइन्छ । यता माओवादीलाई भने एमालेको प्रस्ताव स्वीकार्न सहज छैन । प्रदेशसभाका एक सांसदले भने ‘जहाँसम्म एमालेले त्यस्तो प्रस्ताव नराख्ला तर राखेपनि यहीबाट निर्णय गर्ने सम्भावना छैन ।’

 

उनका अनुसार आगामी सरकारमा को–कहाँ हुने भन्ने निर्णय प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्र्णयमा निर्भर छ । 

 

यद्यपि, एमालेले मुख्यमन्त्री दिने प्रस्ताव भने माओवादीलाई लाभदायक हुने उनले उल्लेख गरे । 

 

एमालेको यो योजना सफल नभएपनि सत्ता छाडिहाल्नेतर्फ मुख्यमन्त्री अधिकारीले सोच बनाइसकेका छैनन् । ‘उहाँ अविश्वासको प्रस्तावको सामना गर्ने तयारीमा हुनुहुन्छ’ उनले भने ।

 

गण्डकी नेपाली कांग्रेसका २७, एमालेको २२, माओवादी केन्द्रको ७ (सभामुखबाहेक), राप्रपाको २ र स्वतन्त्र सांसद हाल एकिकृत समाजवादी प्रवेश गरेका एक सांसद छन् । ६० सदस्य रहेको गण्डकीमा बहुमतका लागि ३१ सांसद चाहिन्छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्