प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडाैं | चैत १३, २०७९

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ:  नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच प्राविधिक सहायक रथी डा.अरुण शर्मालाईउपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदानगरेका छन् ।नेपाल सरकार मन्त्रिपरिषद्को चैत ६ गतेको बैठकले शर्मालाई बढुवा गर्ने निर्णय गरेको थियो ।

 

पदोन्नतिभएका शर्मा सैनिक स्वास्थ्य महानिर्देशनालय (सैनिक मेडिकल कोर) को महानिर्देशकमा नियुक्त पनि भएका छन् । सोही अवसरमाप्रधान सेनापति शर्माले प्राविधिक सहायक रथी दर्जामा पदोन्नति भएका एकजना प्राविधिक महासेनानी र प्राविधिक महा सेनानी दर्जामा पदोन्नति भएका एक जना प्राविधिक प्रमुख सेनानीलाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । उक्त कार्यक्रममा रथी तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

पोखरा:  कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ ।  बु...

थप पढ्नुहोस्

तनहुँः  देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक  बेपत्ता भएका छन् ।  उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...

थप पढ्नुहोस्

पर्सा:  वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...

थप पढ्नुहोस्