पार्वतीटोल विकास संस्थाकोे छैटौं साधारणसभा सम्पन्न
पाेखरा | चैत १४, २०७९
पोखरा: पोखरा महानगरपालिका वडा नं. ९ स्थित पार्वती टोल विकास संस्थाको छैटौं साधारण सभा आइतबार सम्पन्न भएको छ ।
साधारण सभा तथा समाज भवन उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले गर्नुभएको थियो ।
उपमेयर गुरुङले मानिसका आवश्यकता दिनप्रतिदिन वढ्दै जाँदा गास वास कपास पछि शिक्षा, स्वास्थ्य र रोजगार पनि थपिदै गएकोले अब आय आर्जनका कार्यमा महिलाहरु लाग्नु पर्ने वताउनु भयो ।
साथै उहाँले समाज भवन वनाउन सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई एस टि. पल, गोविन्द तुलाचन (गोपी), पार्वर्ती आमा समुह, लेखमाया थापामगर, जितबहादुर मोक्तान, जितबहादुर तामाङ, मनमाया गुरुङ, नीरमाया मोक्तान र टौकुमारी पुनमगरलाई दोसल्ला, अविर र सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । करिब १४ लाख लागतमा समाज भवन वनेको हो ।
सो अवसरमा पुर्व प्रदेश सांसद प्रभा कोइराला, पोखरा महानगरपालिका वडा नं. ९ की कार्यबहाक अध्यक्ष लक्ष्मी पहारी, राष्ट्रिय महिला अधिकारकी केन्द्रिय उपाध्यक्ष दिलमाया गुरुङ, कार्यपालिका सदस्य गोविन्द तुलाचन (गोपी), नेकपा एमाले पोखरा ९ का अध्यक्ष प्रेमबहादुर गुरुङ, भुमि अधिकार तथा श्रमिकसंघ कास्कीका अध्यक्ष टेक बहादुर प्ुन, गणतान्त्रिक टोलविकास संस्थाका अध्यक्ष कृष्ण परियार, दलित सन्जाल पोखरा ९ का सचिव विकास आनन्द, शान्तिघाट आमा समुहकी अध्यक्ष सरस्वती श्रेष्ठ सरु लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष भिमबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जितबहादुर मोक्तानले स्वागत र संचालन सचिव लेखमाया थापामगरले गरेकी गर्नुभएको थियो ।
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...
गोरखा: गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...
ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा...

