भारतबाट फर्किनेमा कोभिड संक्रमण देखिन थालेपछि नाकामा कडाइ
काठमाडाैं | चैत १४, २०७९
नेपालगञ्ज: रोजगारी तथा अन्य विभिन्न कामले भारतमा बसेर फर्किरहेका नेपालीमा कोरोना संक्रमण भेटिन थालेपछि यहाँस्थित जमुनाहा नाकामा फेरि कडाइ गरिएको छ ।
गत केही दिनयता भारतबाट फर्किनेहरुमा दैनिकजसो कोभिड संक्रमित फेला पर्न थालेपछि कोरोना परीक्षण बढाउनुका साथै आउनेहरुमाथि कडा निगरानी थालिएको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।
हाल आएर दैनिकजसो कोभिडका विरामी नाकामा फेला परिरहेकाले स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्नुका साथै नेपाल आउनेहरुलाई विशेष रुपमा सोधपुछ गर्ने तथा स्वास्थ्य अवस्थाको जानकारी लिने काम भैरहेको जमुनाहा प्रहरीका प्रहरी निरीक्षक दामु पुनले बताउनुभयो ।
बाँकेमा गत केही महिना यता कोभिडका विरामीहरु फेला परेका थिएनन् । तर, हाल आएर भारतबाट फर्किने नेपालीमा फेरि कोभिड संक्रमण देखिन थालेको छ ।
नाकामा परीक्षण गर्दा संक्रमित भेटिन थालेपछि नाकामा कडाइ गरेर परीक्षणलाई बढाइएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
उहाँले पछिल्लो समयमा जमुनाहा नाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्किने शंकास्पदहरुको कोभिड परीक्षण गर्दा संक्रमितहरु भेटिने क्रम बढ्दै गएको बताउनुभयो ।
चैतको महिनामा मात्र हालसम्म जमुनाहा नाकामा २१ जनामा कोभिड संक्रमण पुष्टि भएकाले उनीहरुबाट अन्यमा पनि संक्रमण फैलिने सम्भावना रहेको हुँदा नाकामा कडाइ गरिएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
नाकामा परीक्षण गर्दा संक्रमण देखिएकाहरुमा सामान्य रुघाखोकी बाहेक अन्य जटिल लक्षण नदेखिएको जमुनाहास्थित हेल्थ डेस्कले जनाएको छ ।
संक्रमण पुष्टि भएका सबैलाई नाकाबाटै सोझै सम्बन्धित जिल्लाका स्थानीय तहसँगको समन्वयमा होम आइसोलेसन बस्ने गरी घर पठाइएको छ ।
भारतबाट फर्किनेहरुमाथि निगरानी बढाउने र शंकास्पद सबैको परीक्षण गरेर मात्र छिर्न दिने व्यवस्था मिलाइने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
फेरि कोभिड संक्रमण बढ्न थालेपछि सबैलाई स्वास्थ्य मापदण्डको नियमित पालना गर्न स्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ ।
काठमाडौं: ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ । कार्...
काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी ...

