गण्डकी प्रदेश सरकारद्धारा क्रिकेट खेलाडी करणसहित चार खेलाडी नगदसहित पुरस्कृत
पाेखरा | चैत १५, २०७९
Photo Sudarshan Ranjeet
पोखरा: गण्डकी प्रदेश सरकारले नेपाललाई १९ वर्षमुनिको विश्वकप क्रिकेट र आइसिसी लिग टुको छनोट चरणमा पु¥याउन सफल प्रदेशका चार जना खेलाडीलाई सम्मान गरेको छ ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आज कार्यक्रम आयोजना गरी प्रदेशबाट प्रतिनिधित्व गर्ने क्रिकेट खेलाडीलाई नगद रु ५० हजारसहित सम्मान गरेको हो । प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र सामाजिक तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङलगायतले खेलाडीलाई सम्मान गर्नुभयो ।
यही चैत २ गते सम्पन्न लिग टु क्रिकेटमा नेपाललाई छनोट चरणमा पु¥याउन भूमिका खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी (बागलुङ) सरकारबाट सम्मानित हुनुभयो ।
यसैगरी नेपाललाई १९ वर्षमुनिको विश्वकप क्रिकेटको विश्वकपमा पु¥याउन टोलीमा रहेर खेल्ने गण्डकी प्रदेशका सुभाष भण्डारी (बागलुङ), अर्जुन कुमाल (कास्की) र दीपकराज डुम्रे (नवलपुर)लाई जनही रु ५० हजार र सम्मानपत्रले सम्मान गरिएको हो ।
कार्यक्रममा मुख्यमन्त्री अधिकारीले प्रदेशबाट सहभागी खेलाडीलाई हौसला दिँदै प्रोत्साहन गर्नका लागि नगदसहित सम्मान गरिएको बताउनुभयो । उहाँले खेलाडीले मेहनतपूर्वक अनुशासित भएर खेल खेलेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो कम रकम हो तर हौसला र प्रोत्साहनका लागि थोरै रकमले मात्रै भए पनि सम्मान गरेका हौँ । खेलाडी राष्ट्रका गहना होइनन् । गहना त टल्किन्छ र सुरक्षा गर्न लुकाएर राख्नुपर्ने हुन्छ । बरु खेलाडी त सम्पत्ति हुन् ।”
सामाजिक विकास तथा स्वास्थ्यमन्त्री गुरुङले प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला बनाउने तयारीस्वरूप जमिनको खोजी भइरहेको बताउनुभयो । मन्त्रालयका सचिव हेमराज सुवेदीले गण्डकीबाट सहभागी भएर देशका लागि खेल्दै अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन खेलाडीलाई हौसला दिन सम्मान गरिएको बताउनुभयो ।
सम्मानित राष्ट्रिय क्रिकेट खेलाडी करण केसीले सरकारले गरेको सम्मानले आगामी खेलमा थप राम्रो खेल्ने हौसला मिलेको बताउनुभयो । घरेलु क्रिकेटका लागि सरकारले पूर्वाधार निर्माणका लागि लगानी गर्न उहाँले आग्रह गर्नुभयो । नेपाल क्रिकेट सङ्घ गण्डकीका अध्यक्ष देवेन्द्रबहादुर प्रजुले क्रिकेटको विकासका लागि पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानको स्तरोन्नति र वैकल्पिक क्रिकेट मैदान आवश्यक भएको बताउनुभयो ।
काठमाडौं: विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...
ढोरपाटन: बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...
पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ । गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान ...

