राजेन्द्र लिङ्देनको प्रश्न : गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ?
काठमाडाैं | चैत १५, २०७९
काठमाडौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज पीडितको समस्या सम्बोधनमा सरकार गम्भीर नभएको आरोप लगाएका छन्। संसद्को विशेष समयमा बोल्दै राप्रपा अध्यक्ष लिङदेनले तत्काल मिटरब्याज पीडितको समस्या समाधान हुनुपर्ने बताए।
उनले मिटरब्याज पीडितको समस्यामा ढाकछोप र अलमल्याउने काम नगर्न पनि आग्रह गरे।
अध्यक्ष लिङ्देनले मिटरब्याजी पीडितको आन्दोलनमा ऐक्यवद्धता जनाउन जाँदा आफ्नो पार्टीका नेता ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको र त्यसमा सत्तापक्षका दलका कार्यकर्ताको संलग्नता रहेको भन्दै आक्रोश व्यक्त गरे।
‘के सरकार मुठभेड तर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन?,'उनले प्रश्न गरे।
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...
गोरखा: गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...
ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा...

