तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद्को भेला पोखरामा

पाेखरा | चैत १६, २०७९

तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद्को भेला पोखरामा

पोखरा:    तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद्को १३ औं केन्द्रीय पोखरामा  चैत १८ र १९ गते हुने भएको छ ।


दुई दिनसम्म चल्ने केन्द्रिय पार्षदसभामा गुरूङ जातिको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनैतिक अधिकारका बिषयमा छलफल हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा परिषद् अध्यक्ष कर्णबहादुुर गुरूङले जानकारी दिए ।


‘तमू भाषालाई सरकारी कामकाजको भाषा हाम्रो आव्हान, तमू भाषामा तमू थातथलोको नाम पुर्नस्थापना र ऐतिहासिक पहिचानको संरक्षण हाम्रो अभियान’ नारासहित आयोजना हुने सो भेलामा देशभरबाट गरी ६ सयजना प्रतिनिधिहरूको सहभागिता रहने छ ।


विभिन्न जिल्ला तथा प्रदेश समितिहरू, विशेष सदस्य संगठन, केन्द्रिय सल्लाहकार, निर्देशन तथा अनुगमन समितिको भेलामा सहभागिता रहने छ । पोखरा सभागृहमा हुने भेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकको भनाइ छ ।


नेपालको संविधानले परिकल्पना गरेको राज्यको विकासका बारेमा संस्थागत धारणहरू निर्माण गर्ने बिषयमा नीतिहरू पारित गर्ने भेलाको मु्ख्य उद्देश्य रहेको अध्यक्ष गुरूङले बताए । संस्थाको सांगठनिक संरचना राज्यको संघीय संरचना अनुसार ७ वटै प्रदेशमा प्रदेश कार्यसमिति, ६५ वटा जिल्लामा जिल्ला कार्यसमिति रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्