ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिपमा एपिएफ क्लबको उपाधिमा ह्याट्रिक
काठमाडाैं | चैत १६, २०७९
काठमाडौं: नेपाल एपिएफ क्लबले ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप २०२३ को फाइनलमा कोशी प्रदेशलाई ५४ रनले हराउँदै उपाधिमा ह्याट्रिक गरेको छ । एपिएफले लगातार तीन संस्करणको उपाधि जितेको हो ।
जितको लागि १ सय ५५ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय रन बनायो । कोशीकी कप्तान रुविना क्षेत्री बेलबासेले ४१ बलमा ४ चौकासहित सर्वाधिक ३५ रन बनाइन् । स्पिनर बिनु बुढामगरको १४ औं ओभरको दोस्रो बलमा रुविना बोल्ड भएपछि कोशीको जितको सम्भावना सकिएको थियो ।
रेखा रावलले तेस्रो ओभरमै काजोल श्रेष्ठलाई ६ रनमा बोल्ड गरेकी थिइन् । अप्सरी बेगम २४ बलमा १ चौकासहित १० र स्मृति कटवाल ८ रनमा आउट भइन् । लखिता राजवंशी २१ बलमा २ चौकासहित २१ रनमा अविजित रहिन् । नमिता श्रेष्ठ ११ बलमा १ चौकासहित ७ रनमा रन आउट भइन् ।
एपिएफकी बिनु बुढाले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् । नेरी थापाले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिइन् । रेखा रावलले एक विकेट लिइन् । सोनु खड्काले एक विकेट लिइन् ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । ललितपुर मेयर्स प्रतियोगिता इतिहासमा एकै इनिङमा बनेको यो हालसम्मकै उच्च योगफल हो । यसअघि पहिलो संस्करणको ललितपुर मेयर्समा ललितपुर ११ ले लुम्बिनीविरुद्ध ५ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो । त्यो नै उच्च योगफल रहँदै आएको थियो ।
एपिएफको जितमा कप्तान सीता ६८ बलमा ९ चौका र २ छक्कासहित ७८ रनमा अविजित रहिन् । उनको यो टि२० घरेलु क्रिकेट करिअरको उत्कृष्ट प्रदर्शन हो । उपकप्तान इन्दु बर्मा ४१ बलमा ५ चौका र १ छक्कासहित ५१ रनमा अविजित रहिन् ।
ललितपुर मेयर्स कपमा एक ब्याटरले बनाएको सबैभन्दा उच्च योगफल हो । सीताले सुमन खतिवडाको कीर्तिमान तोडेकी हुन् । पहिलो संस्करणमा ललितपुरकी सुमन खतिवडाले ५२ बलमा ९ चौका र २ छक्कासहित ७७ रन जोडेकी थिइन् ।
दोस्रो विकेटका लागि सीता र इन्दुले १ सय ३६ रनको सानदार अविजित कीर्तिमानी शतकीय साझेदारी गर्दै विशाल योगफल बनाएका थिए । जुन ललितपुर मेयर्स कपको कुनैपनि विकेटको लागि भएको उच्च साझेदारी हो । पहिलो संस्करणमै सुमन खतिवडा र अश्मिना कर्माचार्यले छैटौं विकेटका लागि लुम्बिनीविरुद्ध १ सय ८ रनको अविजित साझेदारी गरेका थिए । उक्त कीर्तिमान सीता र इन्दुले तोडेका हुन् ।
कोशीकी एलिसा खडियाले एक विकेट लिइन् । यसअघिका दुबै संस्करणको उपाधि एपिएफले फाइनलमा सुदूरपश्चिमलाई समान ८ विकेटले हराउँदै जितेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

