नेपालले जित्यो ‘थ्री नेसन्स कप’को उपाधि
काठमाडाैं | चैत १७, २०७९

काठमाडौं: नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि उचालेको छ । फाइनलमा लाओसलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले घरेलु मैदानमा प्रतियोगिताको उपाधि उचालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दोस्रो हाफको ८७ मिनेटमा नेपालले निर्णायक गोल गरेको हो । खेलको सुरुवाती अग्रता लाओसले लिएको भए पनि नेपालले घरेलु मैदानमा उपाधि रक्षा गरेको हो ।
नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक एक गोल गर्नुभयो। खेलको १७ औं मिनेटमा लाओसका लागि फोउचाङभोङ साङ्भिले गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभएको थियो ।
खेलको २४ औं मिनेटमा नेपालका आयुष घलानले बराबरी गोल फर्काउनु भएको थियो। एरिक विष्टको पासमा आयुषले गोल गर्नुभएको हो । उपाधि रक्षाका लागि लाओसविरुद्ध खेलको ८७ औं मिनेटमा अन्जन विष्टको पासमा मनिष डाँगीले नेपालका लागि गोल गर्नुभएको हो ।
फाइनल खेलमा म्यान अफ द म्याच नेपालका २१ नम्बर जर्सीका मनिष डाँगी बन्नुभयो । सर्वोत्कृष्ट खेलाडीको उपाधि नेपालकै जर्सी नम्बर १९ का आयुष घलानले पाउनुभएको छ।
प्रतियोगिताको विजेता नेपालले पाँच हजार अमेरिकी डलर र दोस्रो हुने लाओसले तीन हजार डलर पुरस्कार पाएका छन्। विजेता र उपविजेतालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रफी र पुरस्कार प्रदान गर्नुभएको छ ।
नेपालले उद्घाटन खेलमा लाओसलाई २-० गोल अन्तरले पराजित गरेको थियो । लाओसले भुटानलाई २–१ गोलले हराएर फाइनल यात्रा बनाएको थियो। भुटान भने अन्तिम खेलमा नेपालसँग उत्कृष्ट प्रदर्शन गर्दै १–१ गोलको बराबरी खेल्दै प्रतियोगिताबाट बाहिरिएको थियो।
काठमाडौं: भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सु...
काठमाडौं: हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथ...
पोखरा: पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्र्तगत सोमबारदेखि ढिकि जातो प्रतियोगिता सुरु भएको छ । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्...