नेपाल अन्तर्राष्ट्रिय जगतकै निम्ति ‘खेलको हब’ हुनसक्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं | चैत १८, २०७९

नेपाल अन्तर्राष्ट्रिय जगतकै निम्ति ‘खेलको हब’ हुनसक्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नीतिगत रुपले स्पष्टता ल्याउँदा नेपाल अन्तराष्ट्रिय जगतकै निम्ति‘खेलको हब’हुनसक्ने ठाउँ भएको बताएका छन्।

 

 राखेपले आयोजना गरेको खेलकुद पूर्वाधार नीति संवादलाई सम्बोधन गर्दै उनले नेपालको भौगोलिक परिवेशले पनि अन्तर्राष्ट्रियस्तरमा नेपाल खेलको हब हुनसक्ने बताएका हुन्। 

 

उनले भने, ‘हिमालमा खेलिने खेलदेखि पहाड/तराई सबैतिर संरचना निर्माण गर्न सक्ने हो र भौतिक पूर्वाधार हुने हो भने यो संसारकै निम्ति एउटा उत्कृष्ट अन्तर्राष्ट्रिय खेलको हब हुनसक्ने ठाउँ हो।’ 

 

उनले आर्थिक, सामाजिक, राजनीतिक, कुटनीतिक हरेक दृष्टिकोणले पनि अन्तर्राष्ट्रिय रुपमा खेल क्षेत्र महत्वपूर्ण रहेको बताए।

 

खेलकुद क्षेत्रलाई संस्थागतरुपमा अगाडि बढाउन आफ्नो उच्च प्राथमिकता रहेको उनले बताए। उनले खेलकुद क्षेत्रको महत्व गुणात्मक रुपमा अगाडि बढाउने समय रहेको धारणा राखे। 

 

राखेप सदस्य सचिव टंकलाल घिसिङले बजेट बढाएर कम्तिमा २ प्रतिशतको कुरा उठाएको जानकारी दिँदै प्रचण्डले आगामी बजेटमा पुनर्विचार गर्ने बताए।उनले भने, ‘बजेटका सीमाहरु रहेका छन्। तर खेल क्षेत्रलाई आफ्नो कार्यकालमा प्राथमिकता दिन्छु।’

काठमाडौं:  भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ।  भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सु...

थप पढ्नुहोस्

काठमाडौं:  हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथ...

थप पढ्नुहोस्

 पोखरा:  पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्र्तगत सोमबारदेखि ढिकि जातो प्रतियोगिता सुरु भएको छ । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्...

थप पढ्नुहोस्