पोखरामा फोनिज गण्डकीको ‘तेस्रो पूर्ण बैठक’
जिल्ला समितिलाई सुदृढिकरण गर्न जोड
पाेखरा | चैत १८, २०७९
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको तेस्रो पूर्ण बैठक पोखरामा सम्पन्न भएको छ ।
फोनिज संघीय समितिका सल्लाहकार हुम गुरुङ फोनिज संघीय समिति संगठन विभाग सदस्य आशिफ गुरुङ, संघीय सदस्य मिला दरै, फोनिज गण्डकीका इन्चार्ज एमबी आस्थामगर तथा गण्डकी प्रदेशका विभिन्न जिल्लाका अध्यक्षहरुको सहभागितामा पोखरामा तेस्रो पूर्ण बैठक सम्पन्न भएको हो ।
सो बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको बताउदै ७ सदस्यीय सल्लाहकार चयन गरेको महासचिव धन बहादुर गुरुङ (सुमन) ले जानकारी दिए ।
उनका अनुसार सल्लाहकारमा अधिवक्ता सुरेन्द्र थापामगर, अधिवक्ता जुनाकुमारी गुरुङ, अधिवक्ता मनोज घर्तीमगर, अग्रज पत्रकार दीपेन्द्र श्रेष्ठ, पत्रकार शान्ती गुरुङ, रुद्र बहादुर हितानमगर र राज बहादुर गुरुङलाई चयन गरिएको हो ।
यस्तै सो बैठकले विभिन्न ६ विषयगत समिति गठन गरि विभिन्न पदाधिकारीलाई नेतृत्वको जिम्मेवारी दिएको गुरुङले बताए । उनले संगठन विभाग प्रमुख सचिव विजय रानालाई चयन गरेको जानकारी दिए ।
महासचिव गुरुङका अनुसार प्रशिक्षण विभाग प्रमुखमा उपाध्यक्ष खिमा गुरुङ, महिला विभाग प्रमुखमा उपाध्यक्ष सूर्य कुमारी महतो, अनुशासन विभाग प्रमुखमा सदस्य मणिलाल गुरुङ, जनसम्पर्क तथा प्रकाशन विभाग प्रमुखमा सचिव अर्जुन गाहा (सुशान्त) मगर र आर्थिक विभाग प्रमुखमा कोषाध्यक्ष रत्ना गुरुङलाई चयन गरिएको थियो ।
जिल्ला समितिलाई सुदृढिकरण गर्न जोड

पोखरामा सम्पन्न फोनिज गण्डकीको तेस्रो पूर्ण बैठकले जिल्ला समितिहरुलाई क्रियाशिल बनाउनुपर्नेमा जोड दिएको छ ।
संघीय सल्लाहकार हुम गुरुङले फोनिज गण्डकीको गतिविधिसँगै जिल्ला स्तरीय समितिहरुपनि सक्रिय हुनुपर्ने बताए । उनले ‘फोजिनको अभियान, सञ्चारमा पहिचान’ भन्ने नारालाई सार्थक बनाउनका लागि जिल्ला स्तरिय समितिलाई सुदृढिकरण गर्न आवश्यक रहेको बताए । गुरुङले समितिहरुलाई पुर्नताजकिकरण गर्नका लागि अभियान सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए ।
यस्तै फोनिज केन्द्रीय समितिका संगठन विभाग सदस्य आशिफ गुरुङले स्थानीय तहका सरकारलाई समन्वय गर्दै कार्यक्रम गर्न सकिने बताए । ‘स्थानीय सरकारसँग समन्वय गरेर विभिन्न कार्यक्रम गर्न सकिन्छ, उनले भने, ‘आदिवासी जनजाति पत्रकारहरुकै क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रम गर्न सकिन्छ । जिल्लाका नेताहरुले त्यता पनि ध्यान दिन आवश्यक छ ।’
उनले जिल्ला समितिलाई सक्रिय बनाउका लागि केन्द्रीय समिति सधै तत्पर रहेको बताएका थिए ।
यसैगरी फोनिज गण्डकीका इन्चार्ज एमबी आस्थामगरले फोनिज गण्डकीले अन्य पत्रकार समुह भन्दा क्रियाशिल रहेको उल्लेख गरे ।
उनले गण्डकी प्रदेशमा विभिन्न पत्रकारहरुको संगठन रहेको बताउदै फोनिजले प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर विभिन्न कार्यक्रम सम्पन्न गरिसेको बताए । ‘अहिलेसम्म हामीले करिब आधा दर्जन कार्यक्रम जो पत्रकारकै क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न पर्यटकीय गाउँमा सम्पन्न गरिसकेका छौं, उनले भने, ‘यसले हामी फोनिजकर्मी पत्रकारको मात्रै होइन गैर फोनिजकर्मी साथीहरुपनि लाभांवित हुनुहुन्छ । त्यसैले यो गण्डकीको टिमले जस्तै जिल्लाले पनि रचनात्मक काम गर्न सकिन्छ । त्यसको लागि हामी जे पनि सहयोग गर्न तयार छौ ।’
इन्चार्थ मगरले जिल्ला समितिलाई सक्रिय बनाउनका लागि छिटै संगठन सुदृढिकरण अभियान सञ्चालन गर्ने धारणा राखे ।
उनले प्रदेशको समिति र संघीय समितिका प्रतिनिधिहरुको टिमले विभिन्न जिल्लामा पुगेर प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम आयोजना गर्ने बताएका थिए । सो पूर्ण बैठकमा गण्डकी प्रदेशका विभिन्न जिल्ला समितिका अध्यक्षहरुले विभिन्न समस्याका कारण अन्य पत्रकार समुहको तुलनामा काम गर्न कठिन हुने गरेको टिप्पणी दिएका दिए ।
सोही टिप्पणी र गुनासोका आधारमा फोनिज गण्डकीले जिल्लागत समितिलाई सक्रिय बनाउनका लागि फोनिज संगठन सुदृढिकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
फोनिज गण्कडीका अध्यक्ष रुद्र बहादुर श्रीसमगरको सभापतित्वमा सम्पन्न बैठककको सञ्चालन महासचिव धन बहादुर गुरुङ (सुमन) ले सञ्चालन गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

