पोखरामा निगाता र इडु ब्रिज कन्सल्टेन्सीको साझेदारी, एकसाथ सेवा दिने
पाेखरा | चैत १८, २०७९
पोखरा: काठमाडौंमा केन्द्रीय कार्यालय रहेको इडु ब्रिज कन्सल्टेन्सीले पोखराबाट आफ्नो सेवा प्रदान गर्ने भएको छ ।
पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित निगाता इन्टरनेश्नल ल्याङ्गोइज एण्ड ट्रेनिङ इन्स्टिच्युटसँगको साझेदारीमा सेवाा दिने भएको हो ।
इडु ब्रिज कन्सल्टेन्सीले सेवा प्रदान गर्ने इडु ब्रिज कन्सल्टेन्सीका प्रबन्धक निर्देशक योगेश क्षेत्रीले विदेशमा उच्च शिक्षा हाँसिल गर्न इच्छुक विद्यार्थीहरुका लागि निगातासँगको सहकार्यमा सेवा प्रदान गर्ने जानकारी दिए ।
उनले विदेशमा उच्च शिक्षा हाँसिल गर्न चाहने विद्यार्थीहरुका लागि इडु ब्रिज कन्सल्टेन्सीले काठमाडौंबाट सेवा प्रदान गर्दै आएको बताउदै अबको दिनमा पोखरेली विद्यार्थीहरुलाई मध्यनजर गर्दै सेवा बिस्तार गरेको जानकारी दिए ।
‘विगत २२ वर्षदेखि काठमाडौंबाट इडु ब्रिज कन्सल्टेन्सीमार्फत सेवा दिदैं आएका छौं । निर्देशक क्षेत्रीले भने, ‘युके, युसए, अष्ट्रेलिया, क्यानडा र भारत लगायतका देशमा अध्ययनका लागि धेरै विद्यार्थीहरु राम्रो कलेज र युनिभर्सिटीमा अवसर दिइसकेका छौं । त्यसैले अझ सेवाको दायरा फराकिलो बनाउने पोखरासम्म आएका हौं ।’
इडु ब्रिजको पोखराबाट सेवा बिस्तार भएपछि निगाता इन्टरनेश्नल ल्याङ्गोइज एण्ड ट्रेनिङ इन्स्टिच्युटका सञ्चालक किसान सुनारले नै जिम्मेवारी बहन गर्नेछन् ।
निगाता इन्टरनेश्नल ल्याङ्गोइज एण्ड ट्रेनिङ इन्स्टिच्युटले जापान, न्यूजिल्याण्ड, नेडरल्याण्ड, युके, युसए, अष्ट्रेलिया, क्यानडा लगायतका मुलुकमा विद्यार्थी भिसामा अवसर प्रदान गर्दै आएको छ । यद्यपी निगाता जापानका लागि ब्राण्ड बनिसकेको छ ।
आगामी दिनमा निगातालाई जापानसँगै युरोपका अन्य मुलुकको ब्राण्ड बनाउनका लागि इडुुसँग सहकार्य गरेको निगाता इन्टरनेश्नल ल्याङ्गोइज एण्ड ट्रेनिङ इन्स्टिच्युटका सञ्चालक किसान सुनारले बताए ।
उनले विद्यार्थीहरुलाई निगाताले मुख्यतः जापान पठाउदै आएको बताउदै अन्य मुलुकहरुमा पनि जान चाहने विद्यार्थीहरुलाई मौका दिदैं आएको जानकारी दिए ।
‘हामीले जापानसँगै युरोपका विभिन्न मुलुकहरु युके, क्यानडा अष्ट्रेलिया लगायतका देशहरुमा पनि पठाउदै आएका छौ । तरपनि निगाता जापानको ब्राण्ड बनिरहेको छ, उनले भने, अबका दिनमा हामी इडु ब्रिजसँगको सहकार्यमा जापान लगायत अन्य युरोपका मुलुकमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलाई सहजीकरण गर्नेछौं ।’
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...
गोरखा: गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...
ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा...

