थप ३८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित १७१
काठमाडाैं | चैत १८, २०७९

काठमाडौं : थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा देशभरबाट ६५६ नमूना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११८ र एन्टीजेनबाट ५३८ नूमना परीक्षण गर्दा पीसीआरबाट १५ र एन्टिजेनबाट २३ को रिपोर्ट पोजिटिभ आएको हो।
यो अवधिमा सात जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १७१ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।
पोखरा: कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ । बु...
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...