‘सिरियल किलर’ प्रकाश जसले जेलबाट छुटेपछि गरे लक्ष्मीको हत्या

पाेखरा | चैत १९, २०७९

‘सिरियल किलर’ प्रकाश जसले जेलबाट छुटेपछि गरे लक्ष्मीको हत्या

एक साताअघि तनहुँको म्याग्दे गाउँपालिकास्थित पिपलटार खानेपानी ट्यांकीमा ४४ वर्षीया शान्ती श्रेष्ठको शव भेटिएको थियो । 

 

धादिङ्ग गंगाजमुना गाउँपालिकाकी श्रेष्ठ पोखराको अमरसिंहचोकमा बस्दै आएकी थिइन् । श्रेष्ठको हत्या आरोपमा प्रहरीले  काभ्रे स्थायी घर भई पोखरामै बस्दै आएका चित्र भनिने प्रकाश सुनारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

 

तनहुँ प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानकैक्रममा सुनारले हत्या गरेको स्वीकारेको बताएको छ । 

 

श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका सुनारले यसअपघि पनि एक महिलाको हत्या गरेको प्रहरीले जनाएको छ । तनहुँ प्रहरीका निरीक्षक भानु शर्माले दिएको जानकारी अनुसार सुनारले यसअघि एक महिलाको हत्या गरेको र सजाय भुक्तान गरी निस्केका हुन् । 

 

सुनारको विषयमा अहिले नै पूर्ण जानकारी दिन नमिल्ने प्रहरी निरीक्षक शर्माले बताए । यद्यपि, सुनारको थप जानकारी लिने क्रममा उनले १२ वर्ष अघि (०६७ सालमा) एक महिलाको हत्या गरेकाे पाइएकाे छ। 

 

हत्या प्रमाणित भएपछि २० वर्ष सजाय सुनाइएपनि असल आचरणकाकारण १० वर्ष सजाय छूट पाएका थिए । प्राप्त सूचना अनुसार कत्र्तव्य ज्यान मुद्दामा मकवानपुर जिल्ला अदालतले उनलाई २० वर्षको जेल सजाय सुनाएको थियो ।

 

सुनार ०७८ फागुन ७ गते गणतन्त्र दिवसका दिन भिमफेदी कारागारबाट छुटेका  थिए ।
 

काठमाडौं:     ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। घिमिरे खोटाङको मझुवागढी नगरपालिका १ घर भइ हाल काठमाडौं टोखा नगरपालिका ...

थप पढ्नुहोस्

काठमाडौं:     प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित भएको छ। आइबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवाल...

थप पढ्नुहोस्

काठमाडौं:     आज बस्ने प्रतिनिधि सभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । बानेश्वरमा बसेको कांग्रेससहितका विपक्षी दलका नेताहरुको बैठकले लाम...

थप पढ्नुहोस्