कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु २ घाइते
काठमाडाैं | चैत १९, २०७९
कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमी नगरपालिका-९ चम्पापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा कपिलवस्तुकै विजयनगर गाउँपालिका-४ त्रिपालनगरका २९ वर्षीय बाबुराम कुवँर रहेका छन्। दुर्घटनाबाट गम्भीर घाइते भएका कुँवरको उपचारका क्रममा बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल गएराति पौने १२ बजे मृत्यु भएको हो।
घाइते भएका दाङको घोराही उपमहानगपालिका-१ रामपुरका ३० वर्षीय बल देव पौडेल र विजयनगर गाउँपालिका-४ का ३५ वर्षीय राज मगरको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ।
बिग्रिएर सडकमा रोकी राखेको ग १ ख ३८३५ नम्बरको मिनिट्रकको पछाडि तीन जना सवार रहको रा ३ प ७६ ७० नम्बरको मोटरसाइकल गएराति साढे १० बजे ठोकिँएको थियो।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

