राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव अस्पतालमा
काठमाडाैं | चैत २०, २०७९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव महाराजगन्ज पुगेका छन्।
शनिबार साँझ पेटमा समस्या भएपछि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव गएको सचिवालयले जनाएको छ।
भेटमा उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। यादवले पौडेलको सिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।
पौडेललाई चिकित्सकको निगरानीमा राखिएको शिक्षण अस्पतालले जनाएको छ। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।
पोखरा: कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ । बु...
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...