स्याङ्जा भीरकोटमा बन्यो नमुना पार्क
काठमाडाैं | चैत २०, २०७९

स्याङ्जा: भीरकोट नगरपालिका–१, सिसौघारी आँधीखोला किनारमा निर्माण गरिएको पार्क पछिल्लो समय सबैको आकर्षणको केन्द्र बनेको छ। यो पार्क बालक, युवा, प्रौढदेखि वृद्धसम्म सबैको मनै लोभ्याउने गरी निर्माण गरिएको छ।
सिद्धार्थ राजमार्गबाट करिब पाँच सय मिटरभित्र रहेको यस पार्कमा आउने सर्वसाधारणको सुरक्षाका लागि सीसी क्यामरासमेत जडान गरिएको छ। देशकै पहिलो बालमैत्री नगरपालिका भीरकोटमा बालवाटिकाको कल्पनाअनुरूप बालवाटिका एवं भीरकोट पार्क बनाएको हो।
सबै वर्गका लागि सहज रहेको पार्क निर्माणको कल्पना तत्कालीन भीरकोट नगरप्रमुख छायाराम खनालले गर्नुभएको थियो। बालवाटिकाको सोचले निर्माण गरिएको पार्क अहिले नमुना र रमणीय बनेको बताउँदै नगर प्रवक्ता दीपेन्द्र केसीले अवलोकन, वनभोज र भेटघाटका लागि सार्वजनिक बिदाका दिन सर्वसाधारणको भीड लाग्ने गरेको बताउनुभयो।
नगरपालिकाले ४४ रोपनी क्षेत्रफलमा २०७६ सालमा पार्क निर्माण सुरु गरेर दुई करोड रुपियाँको लागतमा दुई वर्षमा निर्माण सकेको हो। पार्कको प्रवेशद्धार गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको हो। सो पार्कमा फूलबारी, साना हरियाली रुखहरू, क्यारी, दुबोका बगैँचा, बस्न र खेल्नका लागि कुर्सी, ट्रस्ट, पोखरी, रमणीय र सुन्दर बगैँचा रहेको छ।
पोखरा: पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ अन्र्तगत मंगलबार एकल नृत्य प्रतियोगिता सुरु भएको छ । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपो...
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीज गीत प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवन्त राख्न सघाउ पुग्ने बताउनुभएको छ । पोखराको मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजले आयोजना ग...
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा मंगलबारदेखि पोखराको लेकसाइडस्थित बाराहीघाट चौरमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ सुरु भएको छ । हरितालिका...