चितवन २ मा रवि लामिछानेको उम्मेदवारी कायमै

चितवन | चैत २२, २०७९

चितवन २ मा रवि लामिछानेको उम्मेदवारी कायमै

चितवन : चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि रवि लामिछानेको उम्मेदवारी कायम भएको छ। निर्वाचन अधिकृतको कार्यालय भरतपुरले लामिछानेको उम्मेदवारी कायम गरेको हो। 

 

लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उजुरी परेको थियो। आयोगले आवश्यक छानबिन गर्दा उम्मेदवारी बदर हुनुपर्ने स्पष्ट कारण नखुलेका कारण लामिछानेको उम्मेदवारी कायम गरेको मुख्य निर्वाचन अधिकृत बासुदेव शर्माले बताए।

 

लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाका उमेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी, स्वतन्त्र उमेदवार सन्तोष थापा, स्वतन्त्र उमेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरी सुवेदी र युवराज सफलले उजुरी दर्ता गराएका थिए। 

काठमाडौं:  स्थानीय बजारमा मङ्गलबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । सुनको मोल तोलमा रु। तीन सयले बढेको छ भने चाँदी रु। १५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...

थप पढ्नुहोस्

काठमाडौं:  दोलखामा मोटरसाइल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।दोलखाको भिमेश्वर नगरपालिका–६ रमितेडाँडामा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो। लामोसाँघु–जिरी सडकखण्डको र...

थप पढ्नुहोस्

रौतहट: रुवी साह हत्या काण्डमा संलग्न रहेको आरोप लागेका लक्ष्मण पासवानलाई प्रहरीले पक्राउ गरेको छ। माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फ आमाको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटो...

थप पढ्नुहोस्