नेपाली सेनाको साइवर स्पेसमा हमला गर्ने स्याङ्जाका ढकाल प्रकाउ

पाेखरा | चैत २४, २०७९

नेपाली सेनाको साइवर स्पेसमा हमला गर्ने स्याङ्जाका ढकाल प्रकाउ

पोखरा:   नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले नेपाली सेनाको साइबर स्पेस (सर्भर) ह्याक गरेको अभियोगमा पोखराको बाटुलेचौरबाट २१ वर्षे सागर ढकाललाई प्रकाउ गरेको छ । 


प्रहरी अनुसन्धानका अनुसार ढकालले घरधनीको इन्टरनेट प्रयोग गरी सेनाको साइबर स्पेसमा विभिन्न समयमा आक्रमण गरेको खुलेपछि २१ वर्षे ढकाललाई प्रकाउ गरेको हो । ढकाल स्याङ्जाको वालिङका हुन् । केही समययता पोखरा १६ मै बस्दै आएका थिए ।


साइबर स्पेसमा आक्रमण हुन थालेपछि सेनाले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको थियो ।


साइबर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा उक्त कार्यमा उनको संलग्नता पुष्टि भएपछि उनलाई ब्युरोबाट खटिएको टोलीले बाटुलेचौरबाट बिहीबार नियन्त्रणमा लिएको हो ।


पक्राउ परेका उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३, अपराधअन्तर्गतको कसुरमा सम्मानित जिल्ला अदालतबाट शुक्रबार ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्