हिमाल पारीको जिल्ला मुस्ताङमा सुरक्षा बैठक
मुस्ताङ | चैत २४, २०७९
मुस्ताङ: हिमाल पारीको जिल्ला मुस्ताङमा सुरक्षा बैठक बसेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीको अध्यक्षतामा सुरक्षा बैठक बसको हो ।
सो बैठकमा हिमाली क्षेत्र मुस्ताङ जिल्लाको शान्ति सुरक्षा, अपराधिक त्रियाकलाप, ठगी चोरी निकासी, सेवाग्राहीको गुनासो, यातायात, कोरला नाका, सीमा स्तम्भको सुरक्षा, भ्रष्टाचार निवारण, वन्यजन्तु चोरी शिकारी, पर्यटकीय गतिविधि, धार्मिक स्थलमा आउने भक्तजनहरु, प्राकृतिक विपद् लगायत विविध विषयमा छलफल भएको थियो ।

आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहा थापामगरले जनता र सेवाग्राहीहरुको गुनासोलाई छिटो छरितो, ढिलासुस्ती, आलटाल नगरिकन जनताका समस्यालाई सम्बन्धित कार्यालयहरुबाट समाधान गर्न र परिणाममुखी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो ।
उक्त बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहा थापा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङ, नेपाली सेनाका प्रमुख सेनानी इन्द्रराज गुरुङ, सशत्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङका सशत्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउद, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेल र राष्ट्रिय अनुसन्धान व्यूरोका मुस्ताङ प्रमुख मदन पौडेल, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव सुरण शर्मा पौडेल र चण्डिका पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेत तथा सुचना अधिकारी शिव लम्सालको सहभागिता रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी तथा ४ वटै सुरक्षा निकायका प्रमुखहरुले शान्ति सुरक्षा लगायत अन्य विविध विषयमा ब्रिफिङ गर्नुभएको थियो ।

काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

