कानूनमन्त्री गाहामगरद्वारा कोरला नाकाको स्थलगत अवलोकन
मुस्ताङ | चैत २५, २०७९
मुस्ताङ: गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहा थापा मगरले मित्रराष्ट्र चीनसँग जोडिने कोरला नाकाको स्थलगत अवलोकन गर्नुभएको छ ।
विभिन्न कार्यक्रमसहित मुस्ताङ पुग्नुभएको मन्त्री गाहामगर नेतृत्वको टोलीले सीमाको अवस्थाबारे स्थलगत अवलोकन गर्नुभएको हो । मन्त्री गाहामगर नेतृत्वको टोलीलाई लोमान्थाङ गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष तथा जनप्रतिनिधिहरुले सीमा र गाउँपालिकाको समस्याको बारेमा जानकारी गराएका थिए ।
स्थलगत अवलोकन पश्चात बोल्दै मन्त्री गाहामगरले कोरला नाकालाई सञ्चालनमा ल्याएको खण्डमा प्रदेशको आर्थिक विकासमा सघाउ पुग्ने बताउनुभयो ।

उहाँले सो नाकाको अवलोकन गर्न पहिलेपनि गएको बताउदै संघीय सरकारले नीतिगत रुपमा विशेष पहल गर्नुपर्ने धारणा राख्नुभयो । साथै चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट सो नाकामा भौतिक संरचना निर्माणका लागि रकम विनियोजन भएको बताउनुभयो ।
अवलोकनका क्रममा मन्त्री गाहामगर नेतृत्वको टोलीलाई चिनियाँ सीमा सुरक्षामा रहेका प्रहरी टोलीले खादा लगाएर स्वागत गरेका थिए ।

सो अवलोकनमा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल प्रहरी गण्डकी प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङ, लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङ, मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसी, नेपाली सेनाका प्रमुख सेनानी इन्द्रराज गुरुङ, सशत्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङका सशत्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउद, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेल, मन्त्रालयका उपसचिव सुरण शर्मा पौडेल र चण्डिका पौडेल, मन्त्रालयका सुचना अधिकारी शिव लम्साल, अन्य शाखा अधिकृतहरु तथा लोमान्थाङ गाउँपालिकाका वडाध्यक्ष, सदस्यहरु साथै स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

