‘डेस्टिनेशन कोरी !’ कति लाग्छ समय र खर्च ? (फोटो कथा)
पाेखरा | चैत २६, २०७९
तस्बिर: माइला दाई
पोखरा: कास्कीका केही पदमार्गहरु यतिबेला ट्रेण्डिङमा छन् ।
पोखरादेखि कम समयमा हिउँ खेल्न र शाहसिक पदयात्रामा रम्न चाहनेहरुका लागि पदमार्गहरु औलामा गन्न सकिने छन् । घोरेपानी, पुनहिल, खुमैडाँडा, मर्दी, कोरी तथा अन्नपूर्ण आधार शिविर कास्कीका मुख्य पदमार्गहरु हुन् ।
अहिले सामाजिक सञ्जालमा देखिएको लोकप्रियताका आधारमा खुमैडाँडा –कोर्चाङ पदमार्ग (ट्रेक) सबैभन्दा अघि देखिएको छ । यससँगै मर्दी पदमार्ग र मादी गाउँपालिकाको कोरी पदमार्गमा कैद गरिएका तस्बिरहरु सामाजिक सञ्जालमा व्यापक देखिएका छन् । जहाँबाट माछापुच्छ्रे लगायतका धेरै हिमश्रृङ्खलालाई नजिकैबाट मन अघाउन्जेल नियाल्न सकिन्छ ।
कुनैबेला मर्दीपदमार्ग लोकप्रिय थियो, यो वर्ष खुमैडाँडाले उछिनेको छ । यिनीहरुको लोकप्रियतालाई कोरी ट्रेकले पछ्याइरहेको छ । कोरीको प्रवद्र्धनका लागि सरकारी नियायको खासै भूमिका छैन । स्थानीय पर्यटन व्यवसायीको पहलकदमीले कोरी पदमार्गले केही स्थान पाएको छ ।

यद्यपी अन्य पदमार्गहरुको तुलनामा कोरी पदमार्ग होटलहरुको व्यवस्था कम छ ।
समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाईमा रहेको कोरीबाट माछापुच्छ्रे , अन्नपूर्ण, लम्जुङ तथा गणेश हिमाल लगायत हिमश्रृङ्खलालाई नजिकैबाट नियाल्न सकिन्छ । साथै सदावहार हिउँले ढाकिने कोरीमा स्केटिङसमेत खेल्न सकिन्छ ।
कसरी जाने कोरी ?
कोरी जान पोखरादेखि सिक्लेससम्म सवारी साधनमा जान सकिन्छ । बिहान ६ बजेनै पोखराबाट सवारी साधनमा हिडेपनि दिउँसो सिक्लेस पुगिन्छ ।
त्यसपछि खाना खाएपछि पैदल यात्रा सुरु हुन्छ । त्यो रात हुँगुमा बिताइन्छ । जहाँ ३ वटा होटल छन् ।

अर्काे दिन बिहानै उठेर कपुचे डेढ घण्टाको यात्रामा कपुचे ताल पुगिन्छ । त्यपछि फेरि हुँगुमै फिर्ता हुनुपर्छ । यदि कपुचे ताल जान चाहेको खण्डमा । त्यसपछि कोरीतर्फ अघि बढिन्छ । त्यो रात न्होटामा बिताइन्छ । र बिहान त्यहाँबाट उकालो लागेपछि कोरी पुगिन्छ । जहाँ ३ वटा होटल छन् ।
कोरीको त्यो बसाइपछि अर्काे पदमार्ग हुदै सिधै सिक्लेस फिर्ता हुन सकिन्छ ।
कति लाग्छ खर्च ?
स्थानीय पर्यटन व्यवासायी तथा नमस्ते गेष्ट हाउसका सञ्चालक धन बहादुर गुरुङ (माइला) का अनुसार कोरी जान ४ दिन समय लाग्छ ।
त्यसका पदमार्गीको समुहका आधारमा खर्च लाग्ने उनले बताए । ‘गेष्टको गु्रप हेरेर कति खर्च लाग्छ भन्ने हुन्छ, पर्यटन व्यवसायी गुरुङले भने, ‘सामान्य खर्च गर्ने हो भने ७/८ हजारले कोरी जान सकिन्छ ।’
उनले कोरी जानका लागि ट्रेकिङ गाइडको अपरिहार्यता रहने बताए । ‘कोरी जानका लागि गाइड लानैपर्छ । किनभने अन्य ट्रेकिङ लाइनमा जस्तै सबैको व्यवस्था छैन’ गुरुङले भने ।
तस्बिरहरू:-









तस्बिर: माइला दाई (नमस्ते गेष्ट हाउस सिक्लेस)
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

