आइफोनको विज्ञापन राखेर ठगेको आरोपमा एक पक्राउ

काठमाडाैं | चैत २६, २०७९

आइफोनको विज्ञापन राखेर ठगेको आरोपमा एक पक्राउ फाइल तस्बिर

काठमाडौं:  हाम्रोबजार डट कम अनलाइन वेबसाइटमा आइफोनको विज्ञापन राखेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी रविन्द्र रेग्मीले जानकारी दिए। 

 

हुम्ला सिमिकोट गाउँपालिका-४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २४ वर्षीय उपेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो। 

 

उनले हाम्रोबजार डट कम नामको अनलाइन वेबसाइटमा आइफोन १४ प्रो म्याक्स जस्ता महंगा मोबाइल सेटलाई सस्तोमा दिने भन्दै विज्ञापन हालेका थिए।

 

मोबाइलको डेलिभरी, कुरियर चार्ज जस्ता विभिन्न प्रयोजनको लागि रकम लाग्छ भनी विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाता, इसेवा, खल्ती वालेटहरूमा रकम पठाउन लगाएको एसपी रेग्मीले बताए। 

 

त्यसरी रकम लिएपछि सम्पर्कबिहीन भएको भन्दै जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले पीडितबाट एक लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ।

 

ठगी कसूरमा अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी परिसर टेकूमा पठाएको छ।

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्

काठमाडौँ-   प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।   बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ ।   सङ्घ...

थप पढ्नुहोस्