कास्कीको याङ्जाकोटमा १ लाख राशीको भलिबल प्रतियोगिता हुने
पाेखरा | चैत २६, २०७९
पोखरा: कास्कीको मादी गाउँपालिका ३ याङ्जाकोटमा २५६७ औं बुद्ध जयन्तीको अवसरमा बैशाख पूर्णिमा मेला हुने भएको छ ।
याङ्जाकोट मिलन युवा क्लबको आयोजनामा बैशाख २१ देखि २३ गतेसम्म बुद्ध जयन्तीको अवसरमा मेला आयोजना गर्न लागेको आज (आइतबार) पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
याङ्जाकोट मिलन युवा क्लबका अध्यक्ष बिकास गुरुङले २५६७ औं बुद्ध जयन्तीको अवसरमा बैशाख पूर्णिमा मेला आयोजना गरेको बताए ।
‘दुईवर्ष सम्म कोरोना भाइरसका कारण मेला आयोजना गर्न सकेनौं, अध्यक्ष गुरुङले भने, २ वर्षपछि ‘२५६७’ औं बुद्ध जयन्तीको अवसरमा बैशाख पूर्णिमा मेला आयोजना गर्न लागेका हौं, यस मेलाले मादी गाउँपालिका र याङ्जाकोटको पर्यटन क्षेत्रमा सहयोग पुग्ने आशा राखेका छौं ।’
उनका अनुसार भलिबल प्रतियोगितामा प्रथम हुने समूहले १ लाख १ हजार १ सय ११ र दोस्रो हुने समूहले ५५हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछन् । यस्तै बास्केटबल प्रतियोगितामा प्रथम हुने समूहले १ लाख १ हजार १ सय ११ र दोस्रो हुने समूहले समान ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछन् । भलिबल प्रतियोगिता खुल्ला वडा स्तरीय र बास्केटबल प्रतियोगिता खुल्ला हुने क्लबले जनाएको छ ।
यस्तै सामुहिक नृत्य तर्फ प्रथम हुने समूहले ५० हजार दोस्रो हुने समूहले ५५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । ठेलो प्रतियोगितामा प्रथम हुने समूहले २५ हजार र दोस्रो हुने समूहले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने, रस्साकस्सी प्रतियोगितामा प्रथम हुने समूहले १५ र दोस्रो हुने समूहले १० हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । कुर्ची दौड प्रतियोगितामा प्रथम हुने समूहले ५ र दोस्रो हुने समूहले ३ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै क्लबले हाफ म्याराथन समेत आयोजना गर्ने भएको छ । म्याराथन तर्फ प्रथम हुने समूहले १५, दोस्रो हुने समूहले १० र तेस्रो हुने समूहले ५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । मेलामा करिव २५ लाख आम्दानी र २१ लाख ५९ हजार ३ सय २२ रुपैया खर्च हुने अनुमान क्लबले गरेको छ ।
पोखरा: नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले पोखराहुँदै बाग्लुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी सञ्चालित तीन दिने पर्यटन प्रवद्र्धन कार्यक्रम सकिएको छ । ...
पोखरा: पोखरामा सम्पन्न आइटिएफ जे३० वर्ल्ड टेनिस टुर सर्किट २ मा सिभाली गुरूङले दोहोरो उपाधि रच्दै आफ्नो उमेर समुहमा इतिहास रचेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा गत शनिबार पोखरामा स...
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले उचालेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि उचालेको हो । सुरुमा ब्...

