कैलालीमा एसईईका विद्यार्थी चढेको जिप दुर्घटना, एकजनाको मृत्यु

कैलाली | चैत २७, २०७९

कैलालीमा एसईईका विद्यार्थी चढेको जिप दुर्घटना, एकजनाको मृत्यु फाइल तस्बिर

कैलाली:  कैलालीमा एसईईका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

 

आइतबार साँझ करिब ७ बजे जिल्लाको चुरे गाउँपालिका फल्टुडेमा सु.प. प्र ०१००१ ज १४२३ नम्बरको जिप नालीमा ठोक्किएर दुर्घटना भएको हो।

 

दुर्घटनामा परी गम्भीर घाइते भएका एक विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा चुरे गाउँपालिका–६  का १८ वर्षीय भानु ठगुन्ना रहेका छन्। 

 

उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए। 

 

दुर्घटनामा परी १७ वर्षीय हरिश धामी, १८ वर्षीय सरस्वती र १६ वर्षीय प्रकाश धामी घाइते भएका छन। 

 

उनीहरुको उपचार भइरहेको  डिएसपी चन्दले जानकारी दिए। 

 

प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ। 

पोखरा:   पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...

थप पढ्नुहोस्

पोखरा:   पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ ।  हरिताल...

थप पढ्नुहोस्

पोखरा:   उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...

थप पढ्नुहोस्